नेपालको चर्चित काठमाण्डौ अन्र्तराष्ट्रिय माउण्टेन फिल्म फेष्टिभल सन् २०२० मा को भए विजेता – Drishya Kathaa

नेपालको चर्चित काठमाण्डौ अन्र्तराष्ट्रिय माउण्टेन फिल्म फेष्टिभल सन् २०२० मा को भए विजेता

Photo:KIMFF

काठमाण्डौं इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिभल(किम्फ)को १८ औं संस्करणमा उत्कृष्ट वृत्तचित्र अवार्ड “द स्नो लेपर्ड कलिङ” ले पाएको छ । नेपाल प्यानोरोमा अन्र्तगत रहेका ११ वटा फिल्मलाई उछिन्दै सोनाम चोयकी लामाद्वारा निर्देशित वृत्तचित्रले उत्कृष्ट डकुमेन्ट्री तर्फ ७५ हजार नगद सहित ट्रफी पाएकी छिन् । सो पुरुस्कार चलचित्र विकास वोर्ड सचिवले हस्तान्तरण गरेको हो ।
विश्व कोरोना महामारीको चपेटामा परेको बेला किम्फमा यस पटक सबै कार्यक्रमहरु भर्चुअल गरिएको हो । किम्फमा औसतमा ५० भन्दा बढी फिल्म समेटिने गरेको भएपनि यस पटक भने जम्मा ३० फिल्म समावेश गरिएका थिए । किम्फको अन्तर्राष्ट्रिय विधा तर्फ १५ देशका १८ वटा चलचित्रहरु थिए । जसमा अन्र्तराष्ट्रिय विधा तर्फ पहिलो पुरुस्कार इरानी फिल्म निर्देशक अफसानेह सैलरीद्वारा निर्देशित ‘द सेलोइटस्’ले पाएको छ । यो पुरुस्कार नेपाल माण्उटनेरिङ एशोसिएसनले प्रायोजक गरेको हो । दोस्रो पुरुस्कार टिना मेडिसनद्वारा निर्देशित ‘द लविङ डटर‘ले एक लाख ५० हजार नगद सहित ट्रफी पाएको छ । यो ७१ मिनेट लामो वृत्तचित्र नेपालको तराइमा खिचिएिको हो । यो अवार्डलाई हिमालयन अन्र्तराष्ट्रिय माउण्टेन फिल्म अफ चाइनाद्वारा प्रायोजक गरिएको हो । यसैगरी किम्फ अन्र्तराष्ट्रिय विधा तर्फ तेस्रो अवार्ड लुकास मिलार्ड र केट स्ट्राइकरद्वारा निर्देशित नेपालमा बनेको ‘बाटो’ वृत्तचित्रले एक लाख नगद सहित ट्रफी पाएको छ । यो अवार्डलाई स्वजरल्याण्डको फ्रिदी–उरसुला वलवेण्डले प्रायोजक गरेको हो । नेपाल पानोरोमा विधा तर्फ भने वेष्ट फिक्सन फिल्म अवार्ड अंकित पौडेलद्वारा निर्देशित ‘द सङ अफ क्लाउड’ ले एक लाख पाएको हो । नेपाल पानोेरोमा तर्फ जुरी स्पेसल मेन्सन अवार्ड सिकुमा राईद्वारा निर्देशित ‘फरक चाहना बनाओ,सीम्मा’ ले पाएको छ ।
किम्फको १८ औं संस्करण सोमबार सम्पन्न भएको छ । भर्चुअल फेस्टिभल गर्न चुनौती रहेपनि किम्फले कार्यक्रम निकै मेहनतले सम्पन्न गरेको छ । फिल्मका निर्देशकहरुको उपस्थिती नभए पनि सबैले भुर्चअल नै खुशी व्यक्त गरेका थिए । किम्फका जुरीहरु नेपालबाट नयनराज पाण्डे र विदेशबाट लिसा रोओस्ली,जूली ब्रिजगम रहेका थिए । यस पटक किम्फको सन्देश‘तमसोमा ज्योतिर्गमय’ रहेको थियो । कोरोना महामारीका कारण फिल्म संख्या घटाउनु परेको आयोजकले जानकारी दिएको हो । किम्फमा सहभागी भएका फिल्महरु किम्फको आधिकारिक वेसाइटबाट डिसेम्वर १९ सम्म हेर्न मिल्नेछ । https://kimff.org/