हामीलाई अहिले सुन्दा अचच्म लाग्छ । पहिले पहिले लडाइमा विजय हासिल गुर्न छ भने तन्त्र विद्याको प्रयोग गर्दथ्र्ये । अहिले यस्त क्रियाकलाप देख्दा र सुन्दा हामीलाई जोक अर्थात् मजाक लाग्छ । यस्तै जोकको शिकार सिर्जना बनिन् । तात्रक विधीद्वारा हिलर उत्तम बज्रचार्यले प्रयोग गर्दा उनी मन्त्रमुग्ध बनेर लठ्ठ बन्न पुगिन् । अनि मात्र सिर्जनालाई विश्वास भयो पूर्विय दर्शन तन्त्र विद्यामा जसलाई अहिले हिलिङ भन्छन् उत्तम।
उत्तमको यो पूर्खेर्यौली पेशा हो । अहिले उत्तम पनि धेरै बाटो घुम्दाघुम्दै यस्तै अध्यात्ममा पुगेका छन् । उत्तमले आफ्नो पुर्खाको इतिहास सुनाए । आज भन्दा ढेड शताव्दी अघि नेपाल–भोट युद्धमा तिब्बतीयनहरुले तन्त्र विद्या प्रयोग गरेका कारण नेपालीहरुले जित्न सकेनन् । त्यसपछि तत्कालिन सत्तासिनहरुले काठमाण्डौ भरीका तान्त्रिकहरुलाई एक ठाँउमा बोलाए । तिव्तीयनहरुको तान्त्रिक शक्ती देखेर धेरै नेपाली तान्त्रिकहरु लडन मानेन् । तत्कालिन सत्तासिनहरुले लडाइमा जान नमान्ने तान्त्रिकहरुलाई नालामा ध्यू राखे र तताएर गालामा डाम्न लगाए । त्यो देखेपछि ति मध्ये एक जना तान्त्रिकले पाटनको टङ्गालमा रहेको बालकुमारीको साधना गरे । साधनाबाट खुशी भएर बालकुमारीले जे मागे पनि दिने बचन दिइन् । त्यसपछि उत्तमका १२ पुस्ते हजुरबुबाले लाखाले साधना शक्तीले गर्दा चिल बनी उडेर तिब्बत गए । चिल बनेर लडाइ लडेका उत्तममा १२ पुस्ते हजुरबुबाले नेपालका सेनालाई विजयी गराए । जस वापत उत्तम बज्राचार्यका १२ पुस्ते हुजुरबुबा लाखा ग्वाजोले तत्कालिन सत्तासिनबाट पाँच सय रुपैयाँ पुरूस्कार पाएका थिए ।
बज्रचार्यका १२ पुस्ता तन्त्र विद्याका विज्ञ थिए । अहिले उत्तम हिलिङद्वारा मानिसको उपचार गर्दछन् । उनले शरिरमा भएका पंच तत्वलाई उजागर गरेर उपचार गर्ने गर्दछन् । बाँकी भिडियोमा…