काठमाण्डौ । छोरा’ लघु चलचित्रले अन्र्तराष्ट्रिय डायस्पोरामा नेपाली मूलको कथा भनेको छ । सन् २०१४ मा फ्रान्स र नेपालमा छायाँकंन गरिएको यस चलचित्रमा दोहोरो समाजिक र साँस्कृतिक परिवेशमा हुर्केका एक दम्पती एक छोरा प्रति उव्जेको द्वन्द्व देखाइएको छ । यो चलचित्र विभिन्न राष्ट्रिय, अन्र्तराष्ट्रिय चलचित्र महोत्सवमा सहभागिता जनाउँदै पुरुस्कृत पनि भएको थियो । यसका लेखक तथा निर्देशक सुर्वण थापा हुन् । ‘सुनगाभा’ निर्देशक सुर्वण थापाले बनाएको एक चर्चित चलचित्र हो । जसले नेपालमा पहिलो पटक सिनेमामा होमोसेक्सुयालीटी माथीको कथा भनेको थियो । जसलाई ओस्कारमा नेपालबाट मनोनयनमा छानिएको थियो ।
यो चलचित्रमा दक्षिण फ्रान्सको बेजिए नगरको कारागारमा छाँयाकंन गरिएको हो । कानुनी प्रक्रिया पुर्याएर छायाकंन गर्नुपूर्व ६ महिना अघी सो स्थानमा अनुमती पाइएको थियो । हेरौं छोरा लघु–चलचित्रका पर्दा पछाडीका दृष्यहरु…