“परपूर्वकालमा देवीले नुहाउने झरना हो रे” यस्तै भन्छन् स्थानियहरु । कंचनपुर जिल्ला, झलारीको दक्षिणी भेगमा पहाडको टुप्पोमा रहेको बतासे झरना अहिले चर्चामा रहेको छ । यो झराली बजारबाट २० किलोमिटर शुक्लाफाँटा ८ धारापानी सम्म सवारीसाधन जानेगर्दछ । धारापानीबाट करिव तिन घण्टाको पैदल यात्रा पछि बतासे झरना पुगन सकिन्छ । जङ्गलको बाटो निर्माणाधिन रहेको छ ।
स्थानिय निकायको चुनाव पछि यो झरना प्रचरप्रसारमा आएको हो । यसका तस्विर खिचेर समाजिक संजालमा राखेपछि झनै सुदूरपश्चिममा प्रचारप्रसारमा आएको शुक्लाफाँटा ८ का वडा अध्यक्ष बहादुरसिंह महरा बताँउछन् । बतासे झरना धेरै नै गहिरो छ । जसको गहिराइ अहिले सम्म नापीएको छैन । बतासे झरना जाने बाटो नजिकै सिद्धनाथ मन्दिर रहेको छ । जहाँ सय वर्ष पुरानो राजाहरुले राखेको फलामे पिङ अहिले सम्म जस्ताको त्यस्तै छ । बतासे झरना भन्दा माथी दुई,तिन वटा बस्ती रहेको छ । पछिल्लो समयमा आवतजावत गर्ने बटुवाहरुले त्यहाँ नुहाएर शहर आउने गरेको स्थनिय भरत बहादुर ऐरले बताए । ओझेलमा रहेको बतासे झरना कसरी चर्चामा आयो ? कसरी बतासे झरना जाने ? कस्तो बाटो छ ? । हेरौं बाँकी भिडियो