महेन्द्रनगर । सुदूरपश्चिम क्षेत्रको दोधारा चाँदनी पुल नेपालको पहिलो लामो झोलुङ्गे पुल हो भने एशियाको दोस्रो लामो झोलुङ्गे पुल हो । एसियाको पहिलो लामो पुल भने जापानमा पर्दछ । दोस्रो लामो झोलुङ्गे पुल नेपालको कञ्चनपूर जिल्ला स्थित महाकाली नदीमा रहेको छ ।
यो पुलले कञ्चनपुलको दोधारा र चाँदनीलाई जोडेको छ । करिब १६ वर्षअघि महाकालीपारिका गाविस दोधारा–चाँदनी हाल महाकाली नगरपालिकाका जनतालाई सदरमुकामसँग जोड्न महाकाली नदीमा झोलुंगे पुल निर्माण गरिएको हो । त्यसअघि त्यहाँका बासिन्दाले भारतीय बाटो प्रयोग गरेर सदरमुकाम आउजाउ गर्नेगरेका थिए । त्यसबेला देखि दोधारा र चाँदनीका वासिन्दाले यो पुलबाट आवतजावत गर्न थालेका हुन् । महेन्द्रन्गर नगरपालिका –१३ र महाकाली नगरपालिका–४ लाई जोड्ने गरी महाकालीमाथि बनाइको उक्त पुलको लम्बाइ १ हजार ४ सय ५२ मिटर छ । महेन्द्रनगर बजार देखि दोधारा चाँदनीको झोलुङ्गे पुल पुग्न करिव १० किलोमिटरको दूरी पार गर्नुपर्दछ । मौषम सफा भएको बेला यो पुलबाट नेपाल भारत सिमा जोड्ने बनबसाको महाकाली पुल पनि देख्न सकिन्छ । दोधारा–चाँदनी झोलुङ्गे पुलबाट सुर्यास्तको दृष्य निकै मनमोहक देखिन्छ । यो पुलसँगै तपाइले शुक्लाफाटाँ राष्ट्रिय निकुञ्ज भित्रको मनोरम दृष्य हेर्नसक्नुहुन्छ । जहाँ बाघ र बाह्सिंगेको २,३ हजारको संख्यामा मुलुककै ठुलो घाँसे मैदान रहेको छ ।
विसं २०६१ सालमा करिब १० करोड लागतमा निर्माण गरिएको यो पुल महाकालीपारिका करिब ५० हजार जनसंख्या र सदरमुकामबाट जानेहरूका लागि निकै लाभदायक बनेको छ । अहिले दोधारा र चाँदनीलाई जोड्ने चार लेनको पक्की पुलको समेत निर्मार्णाधिन रहेको छ ।