नेपालमा अनौठो ताल जहाँ पानीले आफै रङ्ग बदल्छ भने त्यसमा रहेका माछा पनि कहिले ठुला हुँदैनन् – Drishya Kathaa

नेपालमा अनौठो ताल जहाँ पानीले आफै रङ्ग बदल्छ भने त्यसमा रहेका माछा पनि कहिले ठुला हुँदैनन्

महेन्द्रनगर । जहाँ तालमा रहेको पानीले दिनको तिन पटक रङ्ग बदल्छ । त्यसमा रहेका माछाको आकार कहिले बढ्दैन । तालका माछाको आकार दश वर्ष पछि हेर्दा पनि त्यही आकारमा हुन्छन् । चारैतिर पहाडले घेरिएका रुखहरु छन् तर पनि तालमा पातहरु खसेको देखिदैन । यो सुन्दा तपाइलाई पनि अचम्म लाग्नसक्छ । यस्तो अनौठो ताल सुदूरपश्चिम क्षेत्रको कंचनपुर जिल्ला महेन्द्रनगरमा पर्दछ । जसको नाम झिलमिला ताल हो । हामीले भनेका सन्दर्भ तपाइ सो तालमा पुगेपछि मात्रै पत्यार लाग्नेछ । यो तालको गहिराइ कति छ अहिले सम्म कसैलाई थाहाछैन । यो ताल किन फोहोर हुँदैन ? किन माछाको आकार बढ्दैन ? किन यो तालमा कोही पनि नुहाउदैनन् ? कसरी पानीको रङ्ग दिनमा तीन पटक फरक–फरक देखिन्छ ? यसमा पानी कहाँबाट आँउछ ? अहिले सम्म कैसलाई पनि थाहा छैन ।
टेम्पो चालक बिजय झिलमिला ताल उनले १० वर्ष अघि देखेका थिए । अहिले पनि उस्तै रहेको बताँउछन् । प्राचिनकाल देखि नै यो ताल रहेको झिलमिलाका पुजारीले जानकारी दिए । केहि वर्ष अघी मात्रै त्यहाँ जाने सडक बनेको हो । त्यसैले पनि झिलीमिला ताल प्राय हामी सबैले सुने पनि थोरै व्यक्तीले मात्रै पुग्ने अवसर पाएका छन् । प्राय झिलमिला ताल जाने बाटो अफ्ठ्यारो भएपनि बुढापाखाले धार्मिक स्थल भएका कारण जसरी भएपनि यहाँ पुग्ने गर्दर्थे । अहिले सडक बनेपछि हिड्नसक्ने बालबालिका देखि युवायुवती समेत पुग्ने गरेका छन् ।
झिलमिला तालको छेउमा देवीको मुर्ती स्थापना गरिएको छ । जसलाई झिलिमिलि देवी भनेर शक्तीपिठको रुपमा पुजाआराधाना गरिन्छ । यसलाई पर्यटकीय क्षेत्रको मुख्य आर्कषकको रुपमा लिइएको छ । झिलीमिला तालको बाटो बनेपछि नेपालीहरु आउन थालेको यहाँका पुजारी बताँउछन् । नेपालबाट बाटो नबन्दा भारतको लखनऊ सम्मका भारतियहरु पुजाआरधाना गर्न र घुम्न आउने गरेका थिए । भारतिय झक्तालुहरु प्राय प्रत्येक महिनाको पूर्णिमाको दिन यहाँ पुजा गर्न आउने हुँदा भिड हुने गर्दछ । नेपाली भक्तालुहरु भने नयाँ वर्षको दिनमा र माघे संक्रातीमा जाने गर्दछन् । चारैतिर पहाडले घेरेको सिद्ध सरोवर झिलीमिला तालको नामले समेत परिचित छ ।
झिलिमिला ताल महेन्द्रनगर देखि करिव २६ किलोमिटर उत्तर तर्फ अवस्थित छ । कंचनपुर केन्द्रविन्दुबाट १५२८ मिटरको उचाइमा अवस्थित छ । झिलिमिला ताल जानकोलागि अहिले महेन्द्रनगरको भाँसी वडा न ३ देखि ब्रह्मदेव सडकखण्ड हुँदै जान सकिन्छ । बह्मदेव सडकखण्ड पिच सडक रहेको छ । ब्रह्मदेव सडकखण्ड देखि मटेना पक्की पुलमा पुगेपछि दाँया मोडिए पछि ८ किलोमिटर कच्ची र पक्की सडक हुँदै झिलमिला ताल पुग्न सकिन्छ । झिलमिला ताल रहेको स्थानमा पुग्न अझै १ किलोमिटरको पैदल हिडेर जानुपर्दछ । जहाँ हिड्ने बाटोमा ढुङ्गाका सिडी बनाइएका छन् ।