काठमाण्डौ । लक डाउनको कहरमा दैनिक मजदुरी गर्नेहरु बैशाख १ गतेका दिन पशुपति क्षेत्रमा पुग्दा गाइगोरीका लागि ल्याएको कुहएिको केरा छानेर खाइरहेको एउटा हुल देखियो । क्यामेरा देख्दा हुल तितरवितर भयो । दैसनक ज्याला मजदुरी गरेर आफ्नो जीविकोपार्जन गर्नेहरु कुहिएको केरा छानेर खाईरहेका थिए । बाध्यता सोध्यौ । सिन्धुलीका श्यामले भने “भोक लागेपछि यो नखाए के खानु” ? । उल्टै प्रश्नले हामीलाई चुप बनायो । अहिले काठमाण्डौमा दैनिक ज्याला मजदुरी गर्नेहरुको अवस्था यस्तै छ । कतिपय हिडेर भएपनि आफ्नो गाँए फर्कर्दैछन् भने कतिपय जान नसकेका कारण काँधमा झोला बोक्यो हिड्यो । दैनिक न्यूरोड, बागबजार लगायतका क्षेत्रमा काम गर्ने मजदुरहरुले कोठाको भाँडा तिर्न सक्ने अवस्था नभएपछि कोठा छोडेर सडकको भित्री गल्लीमा राती सुत्ने गरेको बताए । न बासको ठेगान न त गाँसको ठेगान । जहाँ खाना बाढ्ने सुन्यो, त्यही कुद्यो । पशुपति क्षेत्र धार्मिक स्थल भएको कारण पनि होला पशुपति क्षेत्रमा मनकारी आँउछन् भनेर मजदुरहरु लुकेर बस्ने गरेका हुन्छन् । लाग्दो हो कोही आइहाले हाम्रो एक छाक टर्छ कि ? ५८ वर्षिय राजतन मण्डल काठमाण्डौ पैसा कमाउन विस २०७६ साल फाल्गुन ४ गते पुगेका थिए । फाल्गुन ११ गतेबाट लक डाउन शुरु भयो । अहिले यिनको बिचल्ली भएको छ । बाँकी भिडियोमा …
कुहिँएको केरा खाँदै : भोकै मर्नु भन्दा यही खानु ठिक
लक डाउनको कहरमा दैनिक मजदुरी गर्नेहरु बैशाख १ गतेका दिन पशुपति क्षेत्रमा पुग्दा गाइगोरीका लागि ल्याएको कुहएिको केरा छानेर खाइरहेको एउटा हुल देखियो । क्यामेरा देख्दा हुल तितरवितर भयो । दैसनक ज्याला मजदुरी गरेर आफ्नो जीविकोपार्जन गर्नेहरु कुहिएको केरा छानेर खाईरहेका थिए । बाध्यता सोध्यौ । सिन्धुलीका श्यामले भने “भोक लागेपछि यो नखाए के खानु” ? । उल्टै प्रश्नले हामीलाई चुप बनायो ।