जापानमा पहिलोपटक ‘सुदूरपश्चिम सांस्कृतिक साँझ–२०२६’ हुँदैछ – Drishya Kathaa

जापानमा पहिलोपटक ‘सुदूरपश्चिम सांस्कृतिक साँझ–२०२६’ हुँदैछ

सुदूरपश्चिमको कला, संस्कृति, भाषा, भेषभूषा र मौलिक पहिचानलाई जापानमा प्रवर्द्धन गर्ने उद्देश्यले ‘प्रथम सुदूरपश्चिम सांस्कृतिक साँझ–२०२६’ आयोजना हुने भएको छ।
सुदूरपश्चिम नेपाली समाज जापानको आयोजनामा आगामी असोज २५ गते अर्थात अक्टोबर ११ गते टोकियोस्थित मेगुरो पर्सिमोन हलमा कार्यक्रम हुने भएको हो। साँझ ५ बजेदेखि सुरु हुने कार्यक्रममा मौलिक संस्कृति प्रस्तुत गरिनेछ। समाजका अध्यक्ष विकास रोकायाले कार्यक्रम सफल बनाउन जापानस्थित नेपाली समुदायलाई सहभागिता र सहयोगका लागि आग्रह गरेका छन्।