नेपालले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा ०.१% भन्दा पनि कम योगदान गर्छ, तर यसको विनाशकारी मूल्य नेपालले चुकाउनुपरेको तथ्य नेपालका प्रधनमन्त्री बालेन्द्र शाहले संयुक्तराष्ट्रसंघको ८१ औ सभामा प्रष्ट राखेका छन् । बाँकी भिडियोमा ।
हिमाली सुनामी र प्राकृतिक विनाशः नेपालमा गएको विनाशकारी बाढी–पहिरोले पुर्याएको क्षतिलाई ’हिमाली सुनामी’ को संज्ञा दिँदै यसलाई सम्पूर्ण मानव जातिका लागि जलवायु परिवर्तनको ठूलो चेतावनीका रूपमा प्रस्तुत गर्नुभएको छ । जलवायु परिवर्तन र असमान असरः नेपालले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा ०.१% भन्दा पनि कम योगदान गर्छ, तर यसको विनाशकारी मूल्य (हिमताल पग्लेने, बाढी–पहिरो र पूर्वाधार विनाश) नेपालले चुकाउनुपरेको बताउनुभएको छ र
हिमाली जलवायु उत्थानशीलता संयन्त्र भू–उपग्रह डाटा आदानप्रदान, खतरनाक हिमतालको निगरानी र पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउन नेपाल, भारत र चीनबिच संयुक्त संयन्त्र स्थापना गर्न प्रस्ताव गर्नुभएको छ ।
जलवायु न्याय र क्षतिपूर्तिः केवल नयाँ ऋण वा झन्झटिल प्रशासनिक प्रक्रिया (द्यगचभबगअचबतष्अ mबशभ) भन्दा बाढी र जलवायु विपद्पछिको पुनर्निर्माणका लागि अनुदानमा आधारित वित्तीय सहायता, दायित्व र क्षतिपूर्तिको माग गरिएको छ ।
विश्वव्यापी आपूर्तिको आलोचनाः विश्व व्यवस्थाले युद्ध र हतियारका लागि ७२ घण्टामै आपूर्ति पुर्याउन सक्ने तर गरिब देशका किसानका लागि मल, बिउ र इन्धन समयमै पुर्याउन नसक्ने विभाजित र असमान अन्तर्राष्ट्रिय प्रणालीको कडा आलोचना गरिएको छ || बाँकी भिडियोमा