काठमाण्डौ महानगरपालिकाको सहकार्यमा सबैकालागि सहयोगी नेपालले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई लक्षित गरेर क्षमता अभिवृद्धि तथा सशक्तिकरण कार्यक्रमको आयोजना गरेको छ ।
पछिल्लो समयमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय प्रति स्थानिय पालिकाले लक्षित कार्यक्रमको आयोजना गर्न थालेको छ । यसले गर्दा अफ्ठ्यारोमा परेका र साक्षर नभएका यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई केहि भए पनि सहयोग पुगेको सबैकालागि सहयोगी नेपालका कार्यक्रम व्यवस्थापक विष्णु पनेरूले बताएका छन् । हामीले सडकमा जर्वजस्ती माग्नेका विरोध हामी गछौं । हामीले यसमा जन चेतनामूलक र वहाँहरूलाई सिप मूलक कामकोलागि पनि प्रोत्साहन गर्ने गरेको बताएका छन् । कार्यक्रममा काठमाण्डौका विभिन्न स्थानमा बसोवास गरी रहेका यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय अन्र्तगतका तेस्रो लिङ्गीहरूको उपस्थिती बढी रहेको थियो ।