१०५ दिनदेखि दिपा नेपाली सडकमा तर सुन्दैन सरकार – Drishya Kathaa

१०५ दिनदेखि दिपा नेपाली सडकमा तर सुन्दैन सरकार

सामाजिक न्याय, समानता, मानवता, शान्ति, विभेद र हिंसा रहित सामाजिक सद्भाव स्थापित गरौं भन्दै  दिपा नेपाली १०५ दिनदेखि सडकमा एक्लै सत्याग्रहमा छिन् । सरकार कोठा खाली छ ? मानवता बाँकी छ भन्दै उनले माइतीघर मण्डलामा दैनिक ३ बजे देखि साँझ ५ बजेसम्म पम्पलेट समातेर उभिन्छन् । न उनले सरकार विरूद्ध नारा लगाउछिन् । न उनले सरकालाई गाली गर्छिन । उनको विरोधको शैली फरक छ । शान्त छ । दिपाले नेपाली समाजमा रहेको जातिय विभेदका बारेमा विरोध गर्दै आएकी छिन् । दिपाले तिमी मान्छे बन्ने कहिले ? तिमी जात चिन्छौ कि मान्छे? तिम्रो चेतनाले मान्छे चिन्दैन ? भन्ने लगायतका प्रश्न पम्पलेटद्वारा सोधिरहेकी हुन्छीन् । हामीले वहाँको खोजी गर्यौं । वहाँले भन्नु भयो मेरो कोठा छैन । अरुको कोठामा बसेको छु । सूदुरपश्चिमको कैलाली जिल्लाबाट सरकारी जागिर अधिकृत स्तरको तयारी गर्न सुनौलो सपना बोकेर काठमाण्डौ छिरेकी दिपाले संघर्षको कथा सुन्दा मन भारीहुन्छ । वहाँलाई माइतीघर मण्डलामा धर्नामा जाने हतारो थियो । त्यसकै बिचमा कुराकानी गरेका छौं । बाँकी भिडियोमा ……..