१ करोड ८९ लाख मतदाताका लागि २३ हजार मतदान केन्द्र – Drishya Kathaa

१ करोड ८९ लाख मतदाताका लागि २३ हजार मतदान केन्द्र

फागुन २१ गते निर्वाचनमा कुल १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दैछन् |

निर्वाचन आयोगले देशभर १० हजार ९ सय ६७ मतदानस्थल र २३ हजार १ सय १२ वटा मतदान केन्द्रहरूको व्यवस्था गरेको छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदान प्रक्रियालाई सहज र छिटो बनाउन विशेष प्रबन्ध मिलाइएको जानकारी दिए। उनका अनुसार आयोगले महिला र पुरुषका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था गरेको छ भने वृद्धवृद्धा, सुत्केरी, अशक्त र अपाङ्गता भएका व्यक्तिहरूका लागि लाइनमा बस्न नपर्ने गरी प्राथमिकताको व्यवस्था गरेको छ।

उनले भने, ‘एक मतदातालाई मतदान गर्न १ देखि २ मिनेट मात्र लाग्नेछ। कुनै पनि मतदान केन्द्रमा १ हजारभन्दा बढी मतदाता छैनन्, त्यसैले लाइनमा धेरै कुर्नु पर्दैन।’प्रमुख निर्वाचन आयुक्त भण्डारीले मतदाताहरूलाई आफ्नो परिचय पत्र सुरक्षित राख्न र बिहान ७ बजेदेखि नै मतदानमा सहभागी हुन आह्वान गरे। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न आयोगले कुनै कसर बाँकी नराखेको उनको दाबी छ।