बोल्न खोज्दा स्वर सुकीसक्यो । रून खोज्दा आँसु छैन आँखामा । छेउमै छोरी खेलीरहेकी छिन् । मनकारी हातले छोरीलाई नयाँ न्यानो एक जोर लुगा दिएका रहेछन् । राजुलाई पनि नयाँ लुगा दिएको रहेछ । त्यहि एकसरो ज्यानमा लुगा मात्रै छ अब । पाटन अस्पतालबाट डिस्चार्ज भएपछि कहाँ जाने ? कसले दिन्छ र अचानक कोठा हामीलाई यस्तै प्रश्न गर्दै थिए ।
यिनी त्यही मानिस हुन् । जो नख्खु खोलाको बिचमा फसेका थिए । असोज १२ गतेको घटना यिनको मानसपटलमा गहिरोसँग लागेको छ । तीन घण्टा देखि आफ्नो दुई छोरीहरु ६ वर्षकी मेघना र ४ वर्षकी सेतु, दाजु राज शाह र देवराज कार्कीसँगै उद्दारकालागि हारगुहार गर्दै थिए तर कोहि आएनन् बचाउन राजु सम्झदै थिए । अन्तिममा नख्खु खोलामा रूख बगेर आयो र जस्ताको पाताले छाएको घरमा हिर्कायो र बगायो । छोरी मेघनाको हात राम्रोसँग समातेको उनलाई सम्झना छ । सानी ४ वर्षकी छोरी सेतुलाई बगाएर लग्यो । राजुका दाइ राजको साथी देवराज कार्कीलाई पनि नख्खु खोलाले बगायो । मेघना र सेतु राजुका दाजु राजका छोरीहरु हुन् । नख्खुमा बग्दा मेघनालाई राजुले च्याप्प समातेकै कारण उनी बाचिन् र सेतु बगिन् । राजले ठुलो छोरीको ज्यान मात्रै बचाउन सके । बाँकी भिडियोमा…