बन्जी मास्टर सुजन “नो एक्सक्यूज” – Drishya Kathaa

बन्जी मास्टर सुजन “नो एक्सक्यूज”

सुसाइरहेको भोटेकोशी, स–साना सयौं झरना, भोटेकोशीको माथी झोलुङ्गे पुल, हिड्दै गर्दा चिसो हावाको स्पर्स लाग्थ्यो एकपटक यो पुलमा थकाइ बिसाउ । पुलसँगै १६० मिटर उचाइबाट बन्जी गर्ने दृष्य । भोटटेकोशी सुसाइरहेको पानीको आवाज त संगित झै लाग्थ्यो ।
हामी द लास्ट रिसोर्टमा बन्जी गर्नकालागि पुग्यौं । बन्जीगर्नकोलागि तीनजना काठमाण्डौबाट आएका छन् भनेर थाहा पाएपछि बन्जी मास्टर सुजन होटल नजिकै हामीलाई लिन पुगेका थिए । आज त बन्जी गर्नकोलागि १५ जना जती आएका छन् भन्दै उनी मुसुक्क हाँसे। हामी चारैतिर हरियालीले छोपेको द लास्ट रिसोर्टमा सुजन मास्टरसगै भित्र पस्यौं । उनी यहाँ बस्न थालेको १६ वर्ष भन्दा बढी भैसकेछ । सुजन काठमणडौका रैथाने हुन् । तर उनलाई काठमाण्डौंको भिडभाड भन्दा पनि भोटेकोशी गाउँपालिका आफ्नै घर लाग्छ । मास्टर सुजन घरमा कहिलेकाहि मात्रै जान्छन् । उनलाई काठमाण्डौमा जिस्काउदै भन्छन् रे माइती आएछ सुजन …उनी मुसुक्क हाँसे । यो १६ वर्षको बिचमा उनले लाखौं मानिसलाई बन्जी गराईसके । पहिला आफुले बन्जी सिके । पछि अरुलाई सिकाउँछन् र बन्जी गराउँछन्। उनि भन्छन् “गल्ती र बिर्सिए भन्ने हाम्रो जीवनमा लागू हुँदैन”। यस्तो भयो कि गयो ।
लामो समय देखि बन्जीम रमाइरहँदा सुजनका धेरै साथीभाई छुटे । सँगै काम गर्ने साथीहरू अवसरको खोजीमै विदेशिए । सबैले राम्रो काम गरीरहेका छन् । सुजन भन्दै थिए ‘मलाई पनि राम्रो अवसरको आएको छ । आइरहन्छ तर म यहाँ छोड्नै सक्दीन खै किन हो’ । यति भन्दै गर्दा उनका आँखा रसाए । सायद मानिसलाई भित्र मनदेखि छोएको काम,ठाँउ छोड्ने कुरा गर्दा यस्तै हुन्छहोला । कहिलेकाहि सुजन मास्टर दिक्क मान्छन् नेपालको सिस्टम देखेर । उल्टै प्रश्न गर्छन् ‘ गारो छ है नेपालमा ?’
बन्जी मास्टर सुजन द लास्ट रिसोर्टमै छन् तर यो रिसोर्ट र बन्जीको सपना बुन्ने मुख्य व्यक्ती भने यो संसारमा छैनन् । यो बन्जी नेपालमा पहिलो पटक ल्याउने न्युजील्याण्डका डेविड एलार्डिसलाई भने सुजन सधैं सम्झी रहन्छन् । न्यूजील्याण्डका डेविड एलार्डिस नभएको भए एशियामै पहिलो बन्जी साइट नेपालमा हुने थिएन उनी भन्छन् । यो सहासिक खेल हो । डेविड एलार्डिसले नेपालको धेरै क्षेत्रमा घुमेर,अनुसन्धान गरेपछि मात्रै सिन्धुपाल्चोक भोटेकोशि गाउँपालिका स्थित भोटेकोशीको चट्टान भएको खोचमा बन्जी गराउने सपना देखेका थिए ।
छब्बीस वर्ष अगाडि त सिन्धुपाल्चोकमा बाहिरको मानिस आएर पर्यटकिय विकासको कल्पना गर्दै झोलुङ्गे पुलबाट हाम फाल्ने स्थान बनाउने भन्दा मुखमा ढुङ्ग चपाउनु जस्तै थियो । तर यो सपना पुरा भयो । डेबिडले आफ्नो साथी बिष्णु न्यौपानेसँग मिलेर एशियाकै पहिलो बन्जी गर्ने स्थान बनाए । भोटेकोशीको छातीमा झोलुङ्गे पुल बन्यो । दुई गाउँ जोडिए । त्यसपछि शुरू भयो ल लास्ट रिसोर्टको कथा । चाइना बोर्डरबाट करिव दुई घण्टा परको दूरीमा नजिकै रहेको ल लास्ट रिसोर्ट खुल्यो । यहाँका स्थानियले रोजगारी पाए । अहिले पनि २० वर्ष देखि ल लास्ट रिसोर्टमा यहाँका स्थानिय महिलाहरु कार्यरत छन् । बाँकी भिडियो…