काठमाडौं महानगरपालिकाले छात्रवृत्ति वितरणको विवरण पेश नगरे विद्यालयको दर्ता रद्द – Drishya Kathaa

काठमाडौं महानगरपालिकाले छात्रवृत्ति वितरणको विवरण पेश नगरे विद्यालयको दर्ता रद्द

काठमाडौं महानगरपालिकाले छात्रवृत्ति वितरणको विवरण पेस गर्न संस्थागत विद्यालयलाई ताकेता गरेको छ । काठमाण्डौ महानगपालिकाले तोकेको मिति भित्र छात्रवृति वितरण गरी सोको जानकारी कार्यालयको शिक्षा विभागमा र इमेलमा अनिवार्त पठाउन सूचना निकालेको हो ।


पहिलो पटक सूचना हुँदा पनि विवरण पेस नगर्ने विद्यालयलाई महानगरपालिकाले दोस्रो पटक सूचना जारी गर्दै ताकेता गरेको हो । महानगरपालिकाले पहिलो पटक यही जेठ १० गते सूचना जारी गरी विवरण पेस गर्न निर्देशन दिएको थियो । तर, ३४२ विद्यालयले तोकिएको समयभित्र विवरण पेस नगरेकाले महानगरपालिकाले पुनः सूचना जारी गर्दै यही जेठ २८ गतेभित्र विवरण पेस गर्न निर्देशन दिएको हो । महानगरपालिका भित्रका केहि विद्यालयले भने समय भित्र नै विवरण पठाएको समेत उल्लेख गरिएको छ ।
काठमाण्डौ महानगरले यदि २८ गतेभित्र पनि विवरण पेस नभए विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति नै रद्द गरिदिने चेतावनी दिएको छ ।