जलवायु परिवर्तनको प्रभाव विपन्न तथा सिमान्तकृत परिवारमा – Drishya Kathaa

जलवायु परिवर्तनको प्रभाव विपन्न तथा सिमान्तकृत परिवारमा

एक्शन एड नेपालको कार्यक्रम

युवा र महिलाहरुको सहभागीतामा जलवायु न्याय अभियानलाई सशक्त बनाउनका लागि देशभरका ११ जिल्लाबाट जलवायु न्याय अभियानको शुभारम्भ भएको छ । विश्व वातावरण दिवशका अवसरमा काठमाण्डौमा एक्शन एड नेपालले जलवायु न्यायकालागि नामक एक कार्यक्रमको उद्घाटन गरेको हो ।

सन् २०२३ जुन ५ देखि १० तारिख सम्म एक्शन एडले देशका विभिन्न स्थानमा जलवायु न्याय अभियान सम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्नेछ । एक्शन एडले विभिन्न साझेदार संघ संस्थाहरुसंगको सहकार्यमा जलवायु संकटको मुद्धा सम्बोधन गराउने उदेश्यले आजबाट काठमाडौँ सहित तेह्थुम, सिरहा, महोत्तरी, पर्सा, चितवन, मकवानपुर, पाल्पा, कपिलवस्तु, बर्दिया र डोटी जिल्लाबाट एकै साथ जलवायु न्याय अभियान शुभारम्भ गरेको हो । विश्व वातावरण दिवसको अवसर पारेर काठमाडौँमा भएको उद्घाटन कार्यक्रमका सहभागीहरुले जलवायु परिवर्तन विश्वको साझा एजेण्डा भएकाले जलवायु न्यायका लागि सबैले एकतावद्ध भएर अगाडि बढ्नु पर्नेमा सहभागीहरुले जोड दिएका छन् ।

कार्यक्रममा बोल्दै एक्शन एड इन्टरनेशल नेपालकी कार्यकारी निर्देशक सुजिता माथेमाले जलवायु परिवर्तनको बहु आयामिक असरहरूको अत्यधिक भार नेपाल र यस भित्रका सीमान्तकृत समुदायले भोग्नु परेको बताइन । धनी मुलुकहरुको अनियन्त्रित गतिविधीका कारण नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा परेको उल्लेख गर्दै यस वापतको क्षतिपूर्तिका लागि दावी गर्नुपर्ने जोड दिएकी छिन् ।