विश्वमा धनी मानिस बस्ने शहरहरु – Drishya Kathaa

विश्वमा धनी मानिस बस्ने शहरहरु

ब्रिटिसको हेन्ले एण्ड पार्टनस कम्पनीले विश्वमा धनी मानिस बस्ने शहरहरुको सूची निकालेको छ । हेन्ले एण्ड पार्टनस अनुसन्धान गर्ने कम्पनी हो । यो अनुसन्धान गर्ने ब्रिटिस कम्पनीले अन्र्तराष्ट्रिय लगानी आप्रवासन फर्म हेन्ले एण्ड पार्टनर्सले ग्लोवल वेल्थ इन्टेलिजेन्स फर्म न्यू वल्र्ड वेल्थसँगको साझेदारीमा सन् २०२३ को विश्वका धनी शहरहरुको प्रकाशित गरेको हो । अनुसन्धानमा संसारमा अरबपति मानिसहरु कहाँ कहाँ बस्छन् भनेर ९७ शहरहरु समेटेको छ । जसमा हामीले अरबपति बस्ने टप १० शहरहरु लिएका छौं ।

  •  न्यूयोर्क : अमेरिकाको शहर न्यूयोर्कमा धेरै अरबपतिहरु बस्ने शहरमा गनिन्छ । पछिल्लो वर्ष ३१ डिसेम्बरसम्म यहाँ करिव ३,४० हजार अरबपति बस्थ्ये । यो भन्दा बाहेक ७२४ यस्ता अरबपति छन् जसको सम्पत्ति सय मिलियन डलर भन्दा धेरै छ । ५८ खरबपति पनि न्यूयोर्क शहरमै बस्नेगर्छन् ।
  • टोकियो : जापानको राजधानी टोकियो दोस्रो अरबपति बस्ने स्थानमा पर्छ । यहाँ २,९० हजार अरबपति बस्छन् भने २५० जना सौ–करोडपतिहरुको बसोवास रहेको छ । यसैगरी १४ जना खरबपति बस्छन् ।
  • द बे एरिया :  अमेरिकाको सैनफ्रांसिस्को र सिलिकन शहर धनी मानिसहरु बस्ने शहरका सूचीमा तेस्रो नम्बर छ । यहाँ २,८५,००० अरबपति बस्छन् भने ६२९ सौ–करोडपति र ६२ जना खरबपति बस्नेगर्दछन् ।
  • युके: युकेको राजधानी लण्डन शहर पनि अर्को अरबपतिहरु बस्ने चौथों नम्बरको शहर हो । लण्डनमा २५८,००० अरबपति रहेका छन् भने ३८४ सौ–करोडपति र ३६ जना खरबपतिहरुको बसोवास रहेको छ ।- सिंगापुर : सन् २०२२ मा २,८०० सय भन्दा धेरै धनी मानिसहरुले सिंगापुरमा आफ्नो घर बनाएका थिए । अब सिंगापुरमा २,४०,१०० अरबपति छन् भने ३२९ सौ–करोडपति र २७ जना खरबपतिहरु रहेका छन् ।
  • लाँस एंजेल्स : अमेरिकी शहर लाँस एंजेल्स छठौं नम्बरमा पर्छ । यहाँ २,०५,४०० अरबपति बस्छन् । ४८० सौ–करोडपति रहेका छन् भने ४२ जना खरबपति लाँस एंजेल्समै बस्नेगर्दछन् ।
  • हांग कांग : हांग कांगमा १,२९,५०० अरबपतिहरुका घर छन् । यहाँ २९० सौ–करोडपति र ३२ जना खरबपति बस्नेगर्छन् ।
  • बीजिंग : चीनको राधानी बींजिग शहर धनीहरुको शहरहरुको आठौं नम्बरमा रहेको छ । यहाँ १,२८,२०० अरबपति बस्नेगर्छन् भने ३५४ दश–अरबपति र ४३ खरबपति पनि छन् ।
  • शंघाई  : चीनको अर्को शहर शंघाई पनि अरबपति बस्ने सुचीमा रहेको छ । यहाँ १,२७,२०० अरबपति, ३३२ सौ–करोडपति र ४० खरबपतिहरुका बस्नेगर्दछन् ।
  • सिड्नी :  दशौं नम्बरमा अष्ट्रेलियाको दोस्रो ठुलो शहर सिड्नी पर्दछ । जहाँ १,२६,९०० मानिसहरुको सम्पत्ति १ मिलियन डलर भन्दा बढी छ । १८४ जना मानिससँग १०० मिलियन डलर भन्दा बढी सम्पत्ति रहेको छ । १५ जना खरबपतिहरु पनि सिड्नी मै बसोबास गर्दछन् ।

अरबपति बस्ने टप १० शहरहरु व्यक्तिगत जनसंख्या डेटामा विश्वभरका नौ क्षेत्रहरू (अफ्रिका, अष्ट्रेलिया, सीआईएस, पूर्वी एशिया, युरोप, मध्य पूर्व, उत्तर अमेरिका, दक्षिण एशिया, र दक्षिणपूर्व एशिया) का ९७ शहरहरू समटिएको हो । यसमा संसारका विशेष गरेर धन केन्द्रहरुलाई समावेश गरिएका छन् । यसको डाटाको आपूर्ती वेल्थ इंटेलिजेंस फर्म,न्यू वल्र्ड वेल्थद्वारा गरिएको हो । जुन वर्तमान अवस्थामा एकमात्र स्वतन्त्र धनीसम्बन्धी अनुसन्धान गर्ने संस्था हो । जसले विभिन्न देश,शहरहरुको बिचमा विश्वव्यापी सम्पत्ती स्थानान्तरण गर्ने प्रवृतिको पत्ता लगाउछ । यो संस्थाले आफ्नो भित्री डाटावेसमा १५०००० भन्दा बढी उच्च–नेट–वर्थ व्यक्तीहरुको गतिविधी र खर्च गर्ने वानीव्यवहोरा अर्थात आफ्नो सम्पत्तिमा १० मिलियन अमेरीकी डलर भन्दा बढी खर्च गर्ने व्यक्तीहरु पत्ता लगाएर यो निकालेको हो ।