पल्ली हजुर ! हमुखी पानी हालीदेउ भनी हात जोड्नु पथ्र्यो । अचेल घरै थि धारो छ – Drishya Kathaa

पल्ली हजुर ! हमुखी पानी हालीदेउ भनी हात जोड्नु पथ्र्यो । अचेल घरै थि धारो छ

महेन्द्रनगर । गाँउमा कसैको घरमा मात्रै इनार थियो । इनार पनि गर्मीमा सुख्ने गथ्र्यो । गरिव विपन्न परिवारको इनार सम्म पहुँच थिएन । मागेर पानी खान्थ्ये । जब इनार सुक्थ्यो । त्यसपछि रोपाइको खेतमा जमेको पानी, भैसीले हिलो खेलेको पानी, खाल्डोमा जमेको पानी पिँउने उनीहरुको बानी परीसकेको थियो । बिहानै उठ्यो आज पानी खोज्न कहाँ जाने भनेर दैनिकी बनीसकेको थियो । उनीहरुले कहिले पनि सपनामा देखेका थिएनन् कि घर–घरमा पिउने पानीको धारा आँउछ भनेर । पानी नहुँदा चुना भन्छिन् ‘महिनौ नुहाउएनौ हजुर । पानी खान्या कि हड (शरिर) धुन्या’ । अहिले हामीलाई धेरै राम्रो छ भनेर हामीलाई सुनाउदै थिइन् । उनीसँगै ईश्वरी भन्दै थिइन ‘क्याप्टेन साप नभएको भए हामी पानी पाउथेनौ ’ । उनी हुनाले हामीले पानी पायाउ, नत्र हमी कहाँ पाउन्याथ्यौ’। इश्वरी विकको भाषामा क्याप्टेन भनेको उनकै गाँउमा पूर्व भारतिय सेनाका क्याप्टेन तारासिंह बिष्ट हुन् । उनी महेन्द्रनगर खानेपानी उपभोक्ता समूहका संस्थापक अध्यक्ष हुन् । उनकै पहलमा तिलाचौर का वडा न ३, ६, ७ र ८ का स्थानियले पानी पाए । नौ वर्षको अथक प्रयास पछि यो गाँउमा विस २०६४ सालदेखि घर दैलोमा पानी पुगेको हो । अहिले उनीहरुका दिन फेरिएका छन् । पानीकैलागि रातीको निद्रा र दिनको भोक हराएका महिलाहरु अहिले खुशी छन् । यहाँका पुरूष भन्दा पनि महिलाले धेरै नै दुःख भोग्नु परेको थियो ।
साना सहरी खानेपानी तथा सरसफाई आयोजना (सन् २०००—२०१५) अन्तर्गत मुलुकभरका २६५ वटा साना सहरहरु पहिचान गरी नेपाल सरकारबाट क्रमश खानेपानी तथा सरसफाईको सेवा प्रदान गरेको छ । यसमा सरकारको नीति अनुसार स्थानीय उपभोक्ताको बढीमा ५—१५ प्रतिशत सहलगानीमा, ३५—४५ प्रतिशत नगर बिकास कोषको ऋण सहयोग र बाँकी नेपाल सरकारको ५० प्रतिशत अनुदानमा खानेपानी तथा सरसफाई कार्यक्रम सञ्चालन गर्न सकिने व्यवस्था नेपाल सरकारले व्यवस्था गरेको छ । नेपाल सरकारबाट एशियाली विकास बैंकको ऋण सहयोगमा पहिलो चरणको आयोजना अन्र्तगत हो । जसमा २९ वटा साना शहरहरुमा पहिलो साना शहरी खानेपानी तथा सरसफाइ आयोजना लागू गरिएको हो । यसमा उपभोक्तासँगको सह–लगानी पद्धति तथा आयोजना संचालनमा उपभोक्ता संस्था÷स्थानीय निकायको सहभागितामा शुरुवात गरिएको महेन्द्रनगर खानेपानी तथा सरसफाइ उपभोक्ता समूहका संस्थापक अध्यक्ष तारा सिंह् बिष्टले जानकारी दिए ।
विस २०५२ सालमा नगरपालिकाले सुदूरपश्चिम क्षेत्रमा पर्ने महेन्द्रनगर नगरपालिका तिलाचौउरमा खानेपानीको दयनिय अवस्था देखेर खानेपानी व्यवस्था गर्नको लागि समिति बनेको थियो । सो समितिमा मुख्य संयोजक सुर्य बहादुर थिए तर वहाँको एक वर्ष नवित्दै निधन भयो । त्यसपछि कार्यभार तिलाचौरका तारा सिंह बिष्टको काँधमा आयो । भारतिय सेनाको अवकाश प्राप्त तारा सिंह सुनाउछन् । गाँउमा खानेपानीको हामीलाई धेरै नै अभाव थियो । आफुले राजनीतिक, आर्थिक र गाँउलेको अविश्वासको धेरै बाधाहरु पारगर्दै यहाँ सम्म पुगे । यो खानेपानी तथा सरसफाइ उपभोक्ता समूहमा कुल लागत ७ करोड ३८ लाखमा ५० प्रतिशत नेपाल सरकारबाट एशियाली विकास बैंकको ऋण सहयोग, ३० प्रतिशत नगर विकास कोषले अनुदान दियो भने समुदाय स्तरबाट डवल लगानी गरी २० प्रतिशत रहेको छ । महेन्द्रनगर खानेपानी उपभोक्ता तथा सरसफाइ समूह तिलाचौरको यो ट्याङकी ४ लाख ५० हजार लिटर क्षमताको छ । यहाँ स्थानियले पानी प्रयोग गरेवापत मिटर अनुसार कसैले १ सय, कसैले १ सय ५० र कसैले ५ सय जती विल तिर्ने गर्दछन् ।
अहिले यहाँका स्थानिय वासिन्दाको घर–घरमा पानीको धारा छ । मुहारमा खुशी छ । घण्टौ हिडेर पानी बोक्नुको पीडाबाट मुक्ती पाएका छन् । तल्लो जातको भनेर पानी लिँदा हेपिनुको पीडाबाट समेत मुक्ती पाएका छन् । महेन्द्रनगर खानेपानी तथा सरसफाइ उपभोक्ता समूहमा दुइवटा बोरिङ गाडिएको छ । एउटा बोरिङमा फिल्टर राखिएको छ भने अर्को सिधै पानी ट्याङ्कीमा जोडिएको छ । जसले गर्दा केहि स्थानियको धारामा बालुवा आँउने गरेको समेत गुनासो गरेका छन् । खुशीसँगै यहाँ अर्को डरलाग्दो कुरा पनि छ । त्यो हो ११ हजार भोल्टेजको तार नाङ्गो अर्थात खुलै छोडिएको छ । खानेपानी ट्याङ्की परिसरमा पर्खाल तारहरुले बनाएको छ । ति तारहरु खिया लागेर सकिएको छ । जसले गर्दा नाङ्गो तारमा बालबालिकाले छुइदिन्छन् कि भनेर डर लाग्ने गरेको अपरेटर चन्द्रभानले बताए ।