काठमाण्डौ । अशोक खड्का (३४) लाई तेक्वान्दोको क्षेत्रमा अहिले नचिन्ने सायदै होलान् । अशोकको विगत हेर्दा अहिले जती सहज देखिन्छ । त्यत्ती नै कहालीलाग्दो संघर्ष थियो । जसले खोलाको गिट्टी कुटेर आफ्नो तेक्वान्दो खेलको जग बसालेका हुन् । गिट्टी कुटेरै खर्चको जोहो गथ्र्ये । अहिले तिनी अशोक अन्र्तराष्ट्रिय स्तरमा तेक्वान्दोको तिनवटै विधा ग्योरोगी, पुम्से र पारा तेक्वान्दोको तिनवटै विधामा निर्णायक बन्ने अन्र्तराष्ट्रिय स्तरमै पहिलो व्यक्ती हुन् ।
आमा अम्विका खड्का र बुवा रामहरी खड्का तिन जना मध्येका कान्छो सन्तानका रुपमा जन्मिएका अशोक खड्का संघर्ष, समाज सेवा, सपना र सफलताको संसारमा बाचेका एक पात्र हुन् । अशोकको जीवनमा सफलता भन्दा पनि त्यस भित्रको पिडा अथाह छ तर पनि जीवन देखि कहिले हार खाएनन् । ३४ वर्षिय अशोक खड्का सात वर्षको हुँदा देखी नै तेक्वान्दोमा तानिएका हुन् । मुलपानीमा बस्ने अशोक फोहोरको थुप्रो नजिकै सात वर्षको उमेर देखि तेक्वान्दो सिक्दै आएका हुन् । सात वर्षको घरको कान्छो छोरा अचानक तेक्वान्दो खेल्ने डिपी गर्न थालेपछि परिवारको केही लागेन । तेक्वान्दोमा भर्ना गरिदिए तर मासिक सय रुपैयाँ कसरी तिर्ने भन्ने पिर पर्न थाल्यो । घरको आर्थिक अवस्था निकै दयनिय थियो । तिन जना छोराछोरी र बुबाको जागिर नभएको अवस्थामा अशोकको मनोकांक्षा पुरा हुने अवस्था थिएन । त्यसैले अशोकले जुक्ती लगाए । विद्यालयको विदा भएको दिन शनिवार अशोक पनि आमासँगै गिट्टी कुट्न जान्थ्ये । त्यसबाट आएको पैसाले तेक्वान्दोको मासिक सय रुपैयाँ र विद्यालयको खर्च पुर्याउथ्ये । अहिले अशोकको दिन फेरिएको छ । पहिले एउटा सानो साइकल किन्नको लागि अरुको मुख ताक्ने अशोक आफ्नै गाडी लिएर हिड्छन् । आमाबुवा र श्रीमतीलाई खुशी साथ राखेका छन् । अशोकको परिचय पनि फेरिएको छ । अशोक तेक्वान्दो खेलका तिनवटै विधामा पहिलो अन्र्तराष्ट्रिय निर्णायक, काठमाण्डौ तेक्वान्दो जिल्ला समितिका कार्यवाहक अध्यक्ष, नेपालको पहिलो नेप्लीज तेक्वान्दो एकेडेमीका अध्यक्ष भएका छन् भने प्रथम मलेसियन ओपन अन्तर्राष्ट्रिय स्पोर्ट्स च्यालेन्ज कपमा उत्कृष्ट निर्णायक घोषित समेत भए । यि उपलव्धी हासिल गर्न अशोकलाई सहज थिएन । उनले भने ‘मेहनतको कुनै कसर बाँकी राखेन’ ।
खेल जीवनमा प्रवेश
अशोक जव सात वर्षका थिए । त्यो बेला देखि तेक्वान्दो खेलमा तानिए । अशोकले सानै उमेर तेक्वान्दोका विभिन्न विधाका वेल्ट पाए । उनले कक्षा ६ मा पढ्दै गर्दा १२ वर्षकै उमेरमा आफु भन्दा दोव्वर उमेरका व्यक्तीलाई तेक्वान्दो सिकाउथ्ये । साथै आफ्नै सहकर्मी र विद्यालयका विद्यार्थीलाई पनि तेक्वान्दो सिकाउथ्ये । उनलाई तेक्वान्दो कै लागि जन्मीएको पुरूष भन्दा पनि फरक पर्दैन । जसले आफ्नो सपना पुरा नभएपनि अरुलाई तेक्वान्दो खेलमा अव्वल बनाइरहेका छन् ।
बिर्सन नसक्ने पिडा
अशोकको साग खेल र ओलम्पीक खेल्ने ठुलो धोको थियो । तर यो धोको कहिले पुरा भएन । उनी तेक्वान्दोमा च्याम्पियन भएर पनि साग खेलको ढोकैमा आएर फर्किनु पर्यो । उनले साग खेलकालागि तयारी गर्दैगर्दा सहकर्मीसँग खेल्दा खुट्टा भाँचियो । अस्पतालको बेडबाट उनले सन् २००२ मा श्रीलङकांमा भएको साग खेल हेरे र रोएर बसे । अशोक भन्छन् ‘मेरो सपनाको पहिलो पाइला चल्नु अघि नै भाँचियो ’। तर पनि अशोकले हरेस खाएनन् । उनले पुनः तयारी गरे । सन् २००५ मा भारतको लखनउमा भएको दोस्रो अन्र्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपम भाग लिए । भारतिय खेलाडीसँग अन्तिम राउण्डको आठ शुन्यमा अशोक लिड गरीरहेका थिए । खेल्दाखेल्दै अशोकले हानेको किक भारतिय खेलाडीको घुडामा लाग्यो । पुनः पहिले भाँचिएको ठाँउमा चोट लाग्यो । अशोकले आफ्नो खुट्टा भाचीइसकेको भान पाइसकेका थिए । तर पनि खेल्न छोडेनन् । खुट्टा लतारेर भएपनि सेमीफाइनल आठ, चारले जिते । अशोकले ब्रन्च मेडल पाए । अशोकका लागि त्यो दिन जीवनको सबैभन्दा कालो दिन हो । त्यसपछि अशोक कहिले पनि स्प्राइरिङ बिधामा तेक्वान्दो खेल्न नपाउने गरी थला परे ।
अशोकको खुट्टाको प्लाष्टर गरियो । अशोकले होटलमा गएर हस्पीटलको कागज हेर्दा पो थाहापाए अर्थोपेडिकको डाक्टरले हेर्ने ठाँउमा स्त्रीरोग विशेषयज्ञले उनको खुट्टाको प्लाष्टर गरेको रहेछ । अशोकलाई अहिले पनि त्यो दिन सम्झदाँ निराश हुन्छन् । व्यवस्थापकले अपरेशन गर्दा २०/३० हजार भारतिय रुपैयाँ लाग्छ भनेर ३ हजारमा काम काटेको अशोक बताउछन् ।
नेपाल फर्के । त्यसपछि उनको नेपाल अर्थोपेडिक अस्पतालमा १४ पटक अपरेशन भयो १३ महिना हस्पीटलको बसाई रह्यो किनभने डाक्टरको लापवाहीले गर्दा उनको हड्डी पाक्ने रोग लागीसकेको थियो । साग खेल र ओलम्पीकमा भाग लिने सपनामा पूर्ण बिराम लागीसकेको थियो ।
नथाक्ने रेसका घोडा
अशोकको खुट्टा अहिले पनि हेर्ने हो भने डर लाग्छ तर पनि अशोक कहिले नथाक्ने घोडा र हिम्मत नहार्ने कमिला हुन् । १३ महिना अस्पताल बसाई पछि स्पाइरिङ विधामा उनी कहिले खेल्न नसक्ने गरी घाइते भएपछि पुङ्से विधामा तिर लागे । उनको १४ पटक अपरेशन भएको खुट्टा लिएर नै धनगडीमा भएको छैंटो राष्ट्रिय खेलमा पुङ्से विधामा गोल्ड मेडल जिते ।
सपना
अशोकले आफुले सागमा र ओलम्पीकमा सहभागी हुन नसकेपनि उनको सपना अहिले बद्लीएको छ । उनी भन्छन् “अहिले सम्म नेपालबाट अेलम्पीकमा स्पाइरिङ विधा र पुङ्से विधामा एउटा पनि मेडल नजितेकोले आफुले नसके पनि खेलाडीबाट प्रयास गर्छु भनेर म रातदिन यसैमा लागिरहेका छु”। उनले अनाथ बालबालिकाहरुमा धेरै सम्भावना देखेका छन् । त्यसैले धेरै जसो संघसंसथामा रहेका बालबलिकाहरुलाई पनि खेल्न सिकाए । अशोक सफल पनि भए । अशोकले अबको ७/८ वर्षमा ओलम्पीक खेलने खेलाडी बनाउने योजना छ । जसले गोल्ड मेडल जित्नेछन् । त्यसकोलागि उनको तयारी निकै रहेको छ । उनले प्रतिस्प्रधाकालागि तयार गर्न खेलाडीहरुको लागि गास,वास र कपासको व्यस्था गर्नुका साथै पढाईको व्यवस्था गरेर एउटा एकेडेमी राख्ने योजनामा कार्यरत छन् । अशोक अब साग र ओलम्पिकमा तेक्वान्दोको रेफ्री भएर जाने इच्छा रहेको पनि बताए । बाँकी भिडियोमा ….