काठमाण्डौ । विश्वलाई कोरोनाले थिलोथिलो पारेपछि घर भित्र थुनिएका मानवजाती प्रविधीबाट संसार घुमीरहेका छन् । अझै यसमा पनि सामाजिक संजाल सबैभन्दा प्रिय भनेको छ तपाई हाम्रो बिचमा । जसमा टिकटक धेरै नै अगाडी छ । लक डाउन पछि ५०० मिलियन टिकटकका युजर बढेका छन् भने विश्वमै टिकटक प्रयोगकर्ता भारतमा बढी रहेको अनुसन्धानले देखाएको छ । टिकटक प्रयोगकर्तामा नेपाल पछि रहेपनि भाइरल हुनेमा नेपालका पात्रहरुको कमी छैन । आज तपाईलाई जानकारीमा नेपालका भाइरल किड्स अर्थात बच्चाहरुको बारेमा केही प्रसंग देखाउदैछौ ।
टिकटक भनेपछि झट्ट चलायमान दृष्य अगाडी आउछन् । त्यसैले त बुढा देखी बच्चासम्म यो लक डाउनको अवधीमा जीवन्त भुमिका निभाइरहेका छन् । अझै कला र गला भएकाहरुको लागि त यो टिकटक एयापले एउटा ढोका–ढोकामा जाने माध्यमलाई नै चुनौती थपिदिएको छ । कसैको कला मन पर्यो टिकटकबाटै जोडिएर विभिन्न विज्ञापन, म्यूजीक भिडियोमा र संचार माध्यमसम्म पुगेका छन् । यस्तै मध्ये नेपालका भाइरल टिकटक बच्चाहरु तिन वर्षिया सेलीब्रेटी शैलिन श्रेष्ठ र दुई वर्षिया समाइरा थापामगर हुन् ।
नेपालकी सामाजिक संजल पहिलो सेलीब्रेटी किड भन्दा पनि शैलिनलाई फरक पर्दैन । शैलिनको उमेर, यिनीले उतार्न सक्ने अभिनय उमेर भन्दा फरक छ । यिनको बोलीले नलठ्ठीने सायदै कोही होला । सपना तामाङ श्रेष्ठ र संजीत श्रेष्ठकी छोरी हुन् शैलिन । शैलिनको अभियन आमा भन्दा पनि बुबासँग धेरै जम्ने गरेको छ । शैलिन बुबासँगै सामाजिक संजालमा निकै सक्रिय छिन् । टिकटकमा उनको प्रष्ट तोतेबोलीले टिकटक प्रयोग कर्ता निकै मन्त्रमुग्ध हुन्छ । सैलिनले धेरै विज्ञापन र म्यूजिक भिडियो लगायतमा समेत अभिनय गरेकी छिन् । टिकटकमा उनले सन् २०१९ मा प्रवेश गरेकी हुन् । शैलिनको मन्त्रमुग्ध बोली सुन्नकै लागि पनि धेरैले टिकटक बिहानै खोलेर हेर्नेगर्दछन् । कतिपय टिकटक भिडियोमा त शैलिनको बोली नै भाइरल भएका छन् ।
शैनिलसँगै अब कुरा गरौं सायरा थापामगरको शायरा थापा मगरै यही मंसिरबाट ३ वर्षमा प्रवेश गर्दैछिन् । शायरा टिकटक बनाउन थालेको ३ महिनामै उनको फ्यान फलोइङ पनि ३ लाख पुग्ने दौडमा छ । समाइराको अभिनयले धेरैलाई लोभ्याएको छ । उनका हाउभाउ हेरिरहूँ लाग्ने छन् । त्यसैले त साथीसंगी नचिन्ने उमेरकी समाइरा हजारौं फलोअर कमाएर टिकटक संसारमा ’क्युट’ सेलेब्रेटी बनेकी छन् । टिकटकले अभिनयलाई विश्वको साझा चौतरो बनाए झै समाइरा नेपालमा मात्रै होइन छिमेकी मुलुक भारतमा पनि यिनका प्रशंसक निक्कै छन् । यिनको चर्चा यही भाद्र ८ गते भारतीय अखबार ’द इन्डियन एक्सप्रेस’ मा एउटा स्टोरी प्रकशित भयो । इन्डियन एक्सप्रेसले ’नेपालकी यी सानी नानीले आफ्ना हाउभाउबाट सबैको मन जितेकी छन्’ भन्दै समाइराका बारेमा छोटो स्टोरी गरेको छ । जसले गर्दा टिकटक ज्इवन गरेको तिन महिना नहुँदै ३ लाख फलोअर्स बनेका छन् । यिनको फलोअर्स बढ्ने क्रम जारी नै छ । समाइराको टिकटककी सहयात्री आमा सविना थापामगर हुन् । सबैले जन्मदै सबैले केही न केही सिप,कला, गला ल्याएका हुन्छन् । कतिले समयमै पहिचान गरेर त्यही यात्रामा जम्छन् भने कतीले आफुलाई नबुझ्दै बित्छ । तर समाइराको हाउहाव हेर्दा सबै दङ्ग पर्छन् । लाग्छ यिनी क्यामेराको अगाडी अभिनय गर्न जन्मेकी हुन् कि ?
समाइराले यो लक डाउनको अवधीमा निकैको मनलाई रोमाञ्चीत बनाएकी छिन् । टिकटकमा सानी सानी छोरीहरुको अभिनय, शव्द देख्दा छोराको लागि लालाहीत हुने समाजमा यि सानी छोरीहरुले धेरै अभिभावकलाई लोभ्याएका छन् । धेरैले समाइरा , शैलिन जस्ती सानी छोरीहरुले यस्तो मिठो बोलीमा बोलेको सुन्दा, अभिनय गरेको देख्दा हाम्रोृ पनि यस्तै छोरीको भए हुन्थ्यो भन्ने कल्पना गर्ने गरेको कमेन्टहरुबाट प्रष्ट हुन्छ । कतिले त अब आफ्नो जन्मने बच्चा यिनीह्रु जस्तै भैदिएहुन्थ्यो भनेर नै लेख्छन् । धेरै प्रयोगकर्ताझैं समाइराका लागि पनि टिकटकले आम्दानीको बाटो खोलिदिएको छ । समाइराको पनि कलाकारिता क्षेत्रमा टिकटिकले बाटो खोलीदिएको छ । धेरै जसो म्यूजीक भिडियोले उनलाई आफ्नो गितका लागि आँखा लगाइसकेका छन् । उसो त कतिपयले सानै उमेरमा आमाबुवाले जबरजस्ती केटाकेटीलाई अभिनय गर्न लगाएको टिप्पणी हुनेगरेको पाइन्छ । समाइरा र शैलिनलाई हेर्दा सबैलाई आफ्नो छोरा वा छोरीलँई यस्तै बनाउ जस्तो लाग्छहोला । अहिले यस्ता टिकटकका भाइरल भिडियोमा छोरा भन्दा पनि छोरीहरु बढी भाइरल छन् । साय छोरी मान्छे हुन्छन् नै मायालु । त्यही भएरहोला धेरैलाई शैलिन र समाइराको भिडियो मनपरेको । विस्तृत भिडियोमा …