सुन्दरीजल देखि पशुपतिनाथ सम्म – Drishya Kathaa

सुन्दरीजल देखि पशुपतिनाथ सम्म

काठमाण्डौ । नेपालको राजधानी काठमाडौँ सहरबाट करिब १७ किलोमिटर उत्तर पूर्व कुनामा अवस्थित सुन्दर प्राकृतिक छटाले भरिएको ठाउँ हो सुन्दरीजल । सुन्दरीको अर्थ राम्रो र जलको अर्थ पानी हो ।सु न्दरीजल प्रदेश नम्बर ३ बागमती अञ्चलको काठमाडौ जिल्लामा रहेको सुन्दर ठाउँ हो । सुन्दरीजललाई शिवपुरी तथा नागार्जुन राष्ट्रिय निकुञ्जको प्रवेशद्वारको रूपमा पनि लिइन्छ ।  सुन्दरीजलको जम्मा क्षेत्रफल ५ दशमलव १८ वर्ग किलोमिटर छ । यहाँको जम्मा जनसंख्या २०६८ को गणना अनुसार २ हजार ५ सय ५२ छ । सुन्दरीजलको प्रकृतिक सुन्दरताका अतिरिक्त यसको ऐतिहासिक तथा धार्मिक महत्व पनि रहेको छ । यहाँ हिन्दुहरूको पूज्य देवी सुन्दरीमाईको मन्दिर पनि छ । जहाँ वर्षेनी हजारौँ दर्शनार्थी आउने गर्दछन् । यसले आफ्नै धर्मिक महत्व बोकेको छ । यहाँ आउने आन्तरिक पर्यटकलाई धार्मिक पर्यटनसँग जोड्न सके सुनमा सुगन्ध हुने थियो । यहीको बाटो हुँदै सुन्दर र कञ्चन बागमती बग्ने गर्दछ । यसले नुवाकोट र सिन्धुपाल्चोक जिल्लालाई समेत छुने गर्दछ । स्यालमती र नागमती नदीको संगमस्थाल पनि सुन्दरीजल नै हो । विस्तृत भिडियोमा…