कोरोना भाइरस विरुद्धको औषधी भन्दै प्रहरी हेडक्वार्टरका आधा भन्दा बढी प्रहरीले यस्तो औषधी खाएका थिए – Drishya Kathaa

कोरोना भाइरस विरुद्धको औषधी भन्दै प्रहरी हेडक्वार्टरका आधा भन्दा बढी प्रहरीले यस्तो औषधी खाएका थिए

काठमाण्डौ ।  तपाईलाई थाहा छ आजभोली चर्चामा आएको कोरोना भाईरस विरुद्ध लड्कका लागि शरिरमा रोगप्रतिरोध क्षमता बढाउने आर्सेनिकम एल्वम ३० के हो भनेर ? अनुसन्धानमा यो औषधी गाईको बाछाँलाई झाडापखाला लागेको बेला उसमा परिक्षण गरिएको तथ्य फेला परेको छ ।
नेपालमा पनि यसको चर्चा चुलिए पछि मारवाडी समूहले यो औषधी निशुल्क देशका विभिन्न स्थानमा वितरण गर्यो । अझै यो होमियोप्याथी औषधीका बारेमा नेपाली यूट्युव च्यानल प्रसारण गरेर चर्चामा ल्याएपछि त सामाजिक संजाल देखि नेपाली जनताका बिचमा पुग्यो । यो होमियोप्याथी औषधी शरिरमा असर नगर्ने र कोरोना विरुद्ध रोगप्रतिरोधात्मक औषधी निशुल्क पाएउने भएपछि सुनमा सुगन्ध भयो । यो धेरै नेपालीले प्रयोग गरे । अझै नेपाल प्रहरीका हेक्वार्टरमा त आधा भन्दा प्रहरीले यो औषधीको सेवन गरे । अहिले नेपाल प्रहरीको हेडढक्वार्टरमा कोरोनाको क्वार्टर भएको छ । यो उदाहरण किन दिइरहेको छु भने यदी रोगप्रतिरोधात्मक शक्ती बढाउने हो भने यो जानकारी तयार पारुञ्जेल अहिले किन नेपाल प्रहरीको हेडक्वार्टरका ३१ जना भन्दा बढी प्रहरीमा कोरोना पोजेटिभ आयो । अझै रिपोर्ट आउने क्रम जारी छ किन भने हामी यो औषधी खाएपछि लापवाही भयौं । यो उदाहरण मात्रै हो अझै धेरै नेपाली जनता आर्सेनिकम एल्वम ३० लिनका लागि भिड लागिरहेको देखिन्छ । प्रहरीमा सिपाही भटाभट अस्पतालमा भर्ना भइरहेका छन् । जनतासाग जोडिएको प्रहरी संगठन प्रति प्रहरी संगठनका हाकिमको लापरवाही र सरकारको लापवाही भएकै हो ।
अब हामी लागौं आर्सेनिकम होमियो प्याथीको विश्व भ्रमण तर्फ ।
यसको चर्चा नेपालमा मात्रै होइन आर्सेनिकम एल्वम ३० को चर्चा अमेरिका, बेलायत, घाना, भारतमा समेत पटक पटक प्रचारप्रसार भएको छ र प्रयोग पनि गरियो ।
के हो आर्सेनिक एल्वम ३० ? होमियोपाथिक तयारीमा आर्सेनिक अक्साईड समान्यतया नहुने भएकोले यसलाई सुरक्षीत नै मानिन्छ । यद्यपी भारतमा बेचिएको खराब होमियोप्याथिक उपचारबाट आर्सेनिक विषाक्तता भएका घटनाहरु बेलाबेला चर्चामा नआएका पनि होइनन् । होमियोप्याथिक औषधी खाँदा साईडइफेक्ट हुँदैन । त्यसैले तपाई हामी खान पनि डराउदैनौ ।
यो औषधी तपाई हामीले प्रयोग गर्नु अघी अमेरिकाले पनि प्रयोग गरेको संचार माध्यममा चर्चामा आएको थियो । त्यसपछि बेलायतले पनि आर्सेनिकम होमियोपाथिक प्रयोग ल्यायो । त्यसैले गरी घाना र भारतले पनि प्रयोग गर्यो । यि देशहरुमा पनि नेपालमा चर्चामा आए झै यो औषधीको प्रयोग गर्ने र नगर्ने संख्या थियो । त्यसो भए अमेरिकामा संक्रमीतको संख्या यो समाचार तयार पार्दा ४ लाख ३ हजार भन्दा बढी संक्रमीत भएका छन् भने मृत्यु हुनेको संख्या १ लाख ४९ हजार ७ सय ६७ जना रहेको छ । बेलायतमा ३ लाख बढी संक्रमीत र मृत्यु ४१ हजार भन्दा बढीको भैसकेको छ । यसैगरी हाम्रो छिमेकी राष्ट्र भारतको कुरा गरौं । संक्रमीत १५ लाख , २९ हजार २ सय ६५ जना पुगिसकेको छ । अब उदाहरणको रुपमा भारतलाई लिउं । जसरी नेपालमा आर्सेनिकम एल्वम ३० को प्रयोग नेपालमा भइरहेको छ । भारतमा जनवरी महिनामा यो होमियोप्याथिक औषधीको सामाजिक संजाल र संचारमाध्यममा खुव चर्चा भयो । भारतका धेरै राज्यमा यसलाई निशुल्क बाढियो । जुन अहिले नेपालको विभिन्न जिल्लामा पनि बाढिदै आएको छ । अहिले भारतमा कोरोना महामारी उच्च बिन्दुमा पुगेको छ । जसबाट नेपाल पनि अछुतो छैन् । नेपालमा लक डाउन खुलेको छ । संक्रमीहरुको संख्या दिनप्रति दिन बढ्दैछ । नेपालमा मरेपछि र मर्नु अघि कोरोना पोजेटिभ देखिएर मृत्तको संख्या ४९ पुगसिकेको छ ।
भारतमा फैलिएको आर्सेनिकम एल्वम ३० को चर्चासँगै भारतको प्रतिष्ठित आयुष मन्त्रालयले प्रेस सुचना व्यूरो द्वाराजारी समेत गरेको थियो । जसमा उल्लेख गरिएको थियो । पहिलो होम्योप्याथीक औषर्धी आर्सेनीक एल्वम ३० को संक्रमण रोक्न रोगनिरोधी औषधीका रुपमा प्रयोग गर्न सकिन्छ । यसलाई इंफ्लुएंजा जस्ता बिमारीबाट बच्नको लागि पनि प्रयोग गर्ने सल्लाह दिइएको थियो । यसलाई तिन दिनसम्म खाली पेटमा आर्सेनिकमा एल्वम ३० को एक गोली लिनु पर्ने भनि जनवरी २९ मा एउटा एडवाजरी जारी गरिएको थियो । यदी समुदायमा कोरोना भाईरस संक्रमण फैलिन्छ भने प्रत्येक महिनामा यसरी नै गोली खाने समेत उल्लेख गरेको थियो । जुन सरासर गलत ठहरियो । जसको बुझाई गलत भएका कारण आयुष मन्त्रालय केही संचार माध्यममा हिरो भयो भने द हिन्दुस्थान टाईम जस्ता संचारमाध्यमबाट आलोचित भयो । सामाजिक संजालमा आर्सेैनिकम एल्वम ३० कोरोना भाईरसको औषधी भनेर चर्चामा आयो । पुनः आयुष मन्त्रालयले जनवरी ४ मा प्रेस विज्ञप्ती जारी गर्दै आफुहरुले कोरोना भाईरसको औषधी र यसको संक्रमण रोक्ने औषधी भनेर प्रचार नगरेको प्रष्ट पारयो । होमियोप्थीकका बारेमा जनतामा जागरुकता नभएका कारण भ्रमपूर्ण प्रचार गरिएको भन्दै आफुलाई चोख्यायो ।
यस्ता भ्रमपूर्ण समाचारलाई चिर्दै होम्योप्याथीक औषधी आर्सेनिकम एल्वम ३० का बारेमा भारतका विभिन फ्याक्ट चेकिङ अर्थात सत्यतथ्य पत्ता लगाउने विभिन्न संस्थाले अनुसन्धान गरे । अनुसन्धान गर्दा यस्तो भेटिएको छ ।

भारतको आँल्ट न्यूजले गुगल स्कलर र PUBMED  जस्तोे वैज्ञानिक लेखहरुको श्रोत छाप्ने वैज्ञानिक प्रमाणको आधारमा आयुष मंत्रालयले गरेको दावीको छानबीन गर्यो । औषधी बनाउने क्षेत्रमा, डाक्टरले नयाँ औषधीमाथी जानकारी जुटाउन र सत्यताको पुष्टि गर्नको लागि गूगल स्कालर र  PUBMED मा छापिएको अनुसन्धानको सहयोग लिन्छन् । यदी गूगल स्कालर र PUBMED मा औषधीका बारेमा सम्बन्धीत वैज्ञानिक अनुसन्धानमा कमी रहेको पाइएको छ । यसको मतलव यो हो की ति औषधीका बारेमा चिकित्सकीय वा आधारभुत वैज्ञानिक अनुसन्धान पनि भएको छैन ।फ्याक्ट चेकिङका क्रममा वैज्ञानिक पद्धतिद्वारा कोरोना भाईरस संक्रमणमा आर्सेनिकम एल्वम ३० को प्रयोग पत्ता लगाउन कोशिश गर्दा यस्ता प्रमाण भेटियो ।

– कोरोना भाईरस विरुद्धकालागि आर्सेनिक एल्वम ३० को प्रमाण : – जसमा मानिस र जनावर जीवीतमा कोरोना भाईरसका लागि आर्सेनिकम एल्वमको प्रभावको       बारेमा उल्लेख गरेको कुनै पनि अध्ययन मिलेन ।

-कोरोना भाईरसका संक्रमणकालागि कुनै पनि होम्याप्याथीक औषधीको प्रभावका बारेमा परिक्षण गरेको प्रमाण मिलेन ।

– कुनै पनि संक्रमणमा आर्सेनिक एल्वम ३० को प्रयोग गरेको प्रमाणमा फ्याक्ट चेकिङ गर्दा अल्ट न्यूजलाई एउटा मात्र अनुसन्धान पेपर मिलेको छ । जसमा बेलायती होमियोप्याथीक जर्नलमा आर्सेनिकम एल्वम ३० को प्रयोगको बारेमा सन् १९९४ मा छापिएको छ । यसमा भनिएको छ बाछांहरुमा हुने झाडापाखालामा आर्सेनिकम एल्वम ३० को प्रयोगका लागि अध्ययन गरिएको थियो । जसलाई पछि गएर भर्डियर, एगेन एण्ड एलेनियसले तथ्याङद्वारा सन् २००३ मा अवैध प्रमाणित गरिदिएको थियो।

मानिसमा हुने कुनै पनि संक्रमण वा कोरोना भाईरस विरुद्ध लड्न रोगप्रतिरोध क्षमता बढाउछ भनेर होमियोप्याथिक आर्सेनिक एल्वम ३० लाई कुनै पनि वैज्ञानिक अनुसन्धानले प्रमाणित गरेको छैन । सामाजिक संजालमा आसेनिकम एल्वम ३० को प्रयोगको चर्चा निकै भएपछि मिति २०७७ जेठ महिना २ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्र्तगत रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले सुचना जारी गरेको छ नेपाल सरकारको तर्फबाट सुचना जारी गर्यो । जसमा भनिएको छ नेपालको Ayurveda and alternative medicine guidelines of preventive measures and management protocol for covid 19 मा उल्लेखित आर्सेनिकम एल्वम ३० भन्ने होमियोप्याथीक औषधी बारेमा केही जानकारी छैन र विभिन्न संचार माध्यम तथा सामाजिक सजालबाट जानकारी भए अनुसार सो होमियोप्याथीक औषधीलाई कोरोना भाईरसको औषधि भनी केहि संघ सस्थाले त्यो औषधीमा कोरोनाको औषधि भनी लेवल टासेर समेत वितरण गरिरहेको भन्ने सुन्नमा आएकोमा यो विभागको गम्भिर ध्यानाकर्ष भएकोले यस्तो भ्रम नफैल्याउन हुन सम्बन्धीत निकायलाई अनुरोध गरेको छ । साथै यस्ता औषधी प्रयोग गर्दा होमियोप्याथीक चिकित्सकसँग सल्लाहगरी लिनुहुन अनुरोध गर्दै सुचना जारी गरेको थियो । अब यस्त औषधीहरु खाए भनेर बढो सानका साथ जभाभावी बाहिर घुम्नु भन्दा समयमै सजग भएर आफु पनि बचौं अरुलाई पनि बचाऔं ।