काठमाण्डौ । भित्र भोकको महामारी ,बाहिर रोगको महामारी अझै यसमा पनि सोकको महामारी थपिएको छ । कोरोनाको महामारीले विश्वलाई हल्लाएको बेला नेपालमा पनि कोरोना संक्रमीतको संख्या दिनप्रति दिन बढ्दो छ र संक्रमीतको मृत्युदर पनि बढीरहेको छ ।
सुनसान सडक । कसैको पर्खाइमा बसेकाहरु । पर्खाइमा बसेकाहरु मध्ये फरक पात्र थिइन । यिनीको आशुको कथा बुझ्न मन लाग्यो । इन्दिरा लुईटेल । अहिले ३५ वर्ष पुगीहोलिन् । ठमेलको नर्सिङचोक यिनको व्यापारिक घर हो । सडकको पेटीमा बसेर पानी, चुरोट, चुईगम बेच्छीन् । यहाँ बसेर बेचन थालेको यिनी ८,९ वर्ष भैसक्यो । यो बाटो जती यिनका लागि परिचित छ । त्यत्ती नै यिनीका लागि यहाँका व्यापारी पनि परिचित छन् । बाटोमा हिड्दै गरेका परिचित व्यक्तीलाई दुई हात जोडेर नमस्कार गर्न कहिले बिर्सिदीनन् । इन्दिराको पाँच वर्षको छँदा वुवा बिते । पाँच दिदीबहिनीलाई आमाले जेनतेन हुर्काईन् । इन्दिराकी ७० वर्षिया आमा पनि लामो समय देखि भक्तपुरको एउटा स्कुलमा काम गर्छिन् । इन्दिरा १४ वर्षको छँदा यिनका काकाले रौतहटका एकजना मुलमानसँग विवाह गराईदिए । इन्दिराले आफुले होस समालेदेखि कहिले पनि सुख महसुस गर्न पाईनन् । विवाह गरेर पनि श्रीमान सहयोग र स्नेह पाउनु भन्दा पनि सन्तान जन्माउने मेशिन मात्रै बनिन् । इन्दिरा अहिले स्रोहखुट्टेमा कोठा लिएर बसेकी छिन् । यिनका दुइछोरा र एक छोरी छन् । जहाँ गहिरो त्यही पहिलो भने झै इन्दिराले सुखको अनुभुती गर्न नपाए पनि दुःखबाट अजित भएर कहिले हार खाईनन् ।
इन्दिरालाई मर्ने रहर छैन तर पनि जिउँदो शरिर पटक पटक नमरेको प्रहर छैन । भनिछन् छोरालाई केही हुनु अघि आफै मर्न पाए हुन्थ्यो । जहाँ बस्यो त्यही घर । कोरोनाको महामारीले गर्दा अजय घरबाट ननिस्केको ३ महिना भयो । घरमै बस्छन् । यिनका छोरा धेरै सौखीन छन् । यिनीलाई घर सजाउन मनपर्छ । घरका भित्ताहरुमा प्वाल परेका छन् । त्यसैले आमाले दिएको खाजा खर्चबाट बचाएर घरका प्वालहरु छोप्न कपडा किनेका छन् । अहिले इन्दिराको शरिरले साथ छोड्यो । पहिलो १० ठाँउमा अरुको घरमा काम गरेर छोराछोरी हुर्काउदै थिइन् । आफु पनि बिरामी भएपछि अहिले सडकमा व्यापार गर्न पुगिन् ।विस्तृत भिडियोमा ….