काठमाण्डौ । पूर्व राजकुमारी पूर्णिका शाहले आफु भन्दा १० वर्ष जेठो युवासँग प्रेम सम्बन्धमा रहेको बारेमा डिजिटल प्लेटफर्म निकै चर्चा चलेको छ । आज यही विषयलाई जन आस्था साप्ताहिकका बाट साभार गरेर हामी चर्चा गर्दैछौ । किन पूर्णिका शाहले आफु भन्दा १० वर्ष उमेरका युवालाई चुनिन् ? के सामाजिक संजालमा चलेको हाउगुजी जस्तै पूर्णिका प्रेमी छन् त ? कसरी चुनिन् उनले ति ३० वर्षे युवालाई ?
सबै भन्दा पहिले पूर्णिका शाहले जसलाई चुनेपनि यो उनको अधिकारको विषय हो तर राजकुरमारी पूर्णिका शाह पूर्व राजा ज्ञानेन्द्र शाहकी जेठी नातिनी अर्थात पूर्व युवराज्ञी हिमानी र युवराज पारस शाहका जेठी छोरी हुन् । त्यसैले सबैको चासोको पात्र बनिन् । स्व राजा बिरेन्द्रको वंश नाश पछि पूर्व राजा ज्ञानेन्द्र शाह गुमनाम भ एभने त्यो भन्दा बढी बद्नाम भएका पात्र हुन् पारस शाह । जो कहिले सुध्रेनन् र परिवार समेत दिक्काइसकेका छन् । नेपाली जनतामा सबै भन्दा रुचाइएकी पात्र हुन् पूर्व युवराज्ञी हिमानी शाह । हिमानी शाहको व्यवहार, सालनिता, सहनशिलताले ज्ञानेन्द्र शाहको परिवारको मात्र होइन । नेपाली जनताको पनि मन जितेको छ । जुन कुरा प्रष्ट हुन्छ उनका बारेमा छापिएका समाचारहरुमा देखिने प्रतिक्रियाहरुबाट । जसको असर हिमानीकी छोरी पूर्णिका,किर्तिका र छोरा ह्देयेन्दमा पनि देखिएको छ । आमा जहाँ जहाँ जान्छीन् छोराछोरीलाई पनि त्यही देखिन्छन् । आमाको माया,स्नेह र व्यवहार छोरा छोरीमा पनि प्रष्टै देखिन्छ । यत्ती भन्दैमा हिमानी कहिले पनि बुवा पारसबाट टाढा भने राखिनन् । पटक पटक पारसको व्यवहारले दुवै जनाको सम्बन्ध विच्छेदको चर्चा बजारमा नचुलिएको पनि होइन । जसले गर्दा हिमानीका फर्लोअर्सहरु पनि निरास हुनेगरेका हुन्छन् ।
पारसको व्यवहार जस्तो सुकै रुखो, विभिन्न युवतीहरुको एकछिनको प्रेममा झ्याम्मीएको खबर चुलिएपनि हिमानीले आफ्नो सत्यता र सहनशिलतालाई कहिले छोडिनन् । पूर्णिका थाइल्याण्डमा स्नातक तहमा अध्ययन गर्दैछिन् । अध्ययनका क्रममा सन् २०२०, मे महिनामा व्लग मार्फत आफ्ना फलोअर्सहरुसँग कुराकानी गर्ने क्रममा आफ्ना व्यक्तीगत कुरा खोलेकी थिइन् । पूर्णिका यही डिसेम्वरबाट ११ बाट २० वर्ष लाग्दैछिन् । पूर्व युवराज्ञी हिमानी शाहलाई आफ्नो प्रेरणाको श्रोत र तागत मान्छिन् । आमाको पारिवारिक संघर्ष र बुवाको आनीबानीले गर्दा पनि होला पूर्णिका अरु भन्दा फरक छिन् । पूर्णिका आध्यामिक छिन् । त्यसैले उनी अरु जवान युवती भन्दा पनि फरक सोच राख्ने भएकी छिन्् । उनले आफ्नो बुवाको अभिभावकत्व नपाएकोले पनि आफ्नो हुनेवाला श्रीमानमा परिपक्वता र व्यवहारिक रोजेको हुनसक्छ ।
पूर्णिकाले आफुभन्दा १० वर्ष जेठो युवाको प्रेममा परिन् भन्दा पनि उनले परिपक्व निर्णय लिइन् भन्न पनि सकिन्छ । पूर्णिका आफूजस्तै अन्यायमा परेको एउटा परिवारका सदस्यसँग गहिरो मायामा परेकी हुन् । यो कुरा उनकी आमा हिमानीबाट पनि लुकेको छैन । हिमानी छोराछोरीसँग साथी जस्तै व्यवहार गर्छिन् । त्यसैले पनि पूर्णिकाले सबै कुरा खुलस्त आमासँग शेयर गर्ने गरेकी छिन् । हिमानीले बुझेपछि राम्रो परिवार भएको जानकारी जन आस्था पत्रिकाले साभार गरेको छ ।
पूर्णिका प्रेमी को हुन् ? सबैको चासो छ । उनी हुन्, श्रीपेच धारण गर्ने नेपालका पहिलो र ब्रिटिशले पनि पहिलो प्रधानमन्त्री स्वीकारेका मुख्तियार माथवरसिंह थापाका सन्तान । वि.सं १८७१–७३ को नेपाल–अंग्रेज युद्धका कमाण्डर माथवरसिंह थापाकै सन्तान हुन्, नेपाल प्रहरीको एआइजीबाट ०७३ सालमा रिटायर्ड भएका सुशीलबर सिंह थापा । पूर्णिकाका प्रेमीचाहिँ सुशीलबर सिंहका छोरा, राजीवबरसिंह र नम्रताका भतिजा धर्मबरसिंह थापा हुन् । थाइल्याण्डमा अध्ययन गर्ने क्रममा पूर्णिकाले धर्मलाई भेटेकी हुन् । काठमाडौंको भोटेबहाल पुख्र्यौली थलो भई अहिले विभिन्न ठाउँमा छरिएर बस्ने बरसिंह थापा खलक पहिला देखि नै शाही परिवार नजिक छन् ।
धर्मको पारिवारिक विरासत राम्रो छ । तर उनका काका–बाबुचाहिँ अन्यायमा परेका थिए । धर्म सानातिना ठेक्कासहित जमिन र बिल्डिङ बेचबिखनको काम गर्छन् । प्रायः दरबारमार्ग, ठमेल र लाजिम्पाटतिर उनीहरुको जमघट भइरहन्छ । पूर्णिकाले डेटिङमा समेत आमा हिमानीलाई साथमा लग्ने गरेको छ । पूर्णिका निकट एकजना साथीले जनआस्थालाई सुनाइन्, ‘करिव एक वर्षअघिको एउटा जमघटमा त हिमानी छोरीका प्रेमीसँग मज्जाले नाचिन्, त्यसबेला पूर्णिका ताली बजाइरहेकी थिइन् ।’
यदी पूर्व राजकुमारी पूर्णिकाको विवाह धर्मबरसिंहसँग भएमा स्व विरेन्द्रको वंश नाश पछि शाह परिवारमा नजिक नातेदारमा पहिलो सदस्य हुनेछिन् । पूर्णिका यही डिसेम्बरबाट २० लाग्नेछिन् भने उनका प्रेमी ३० वर्षका छन् । पुर्णिकालाई शुभ कामना ।