१२८ जना नेपाली किशोरीहरू स्वदेश फिर्ता गर्दा कहाली लाग्दो समय – Drishya Kathaa

१२८ जना नेपाली किशोरीहरू स्वदेश फिर्ता गर्दा कहाली लाग्दो समय

२९ वर्ष अघि बलिवुड अभिनेता सुनिल सेट्टीले बेचिएका नेपाली चेलीहरू स्वदेश फिर्ती हुँदा विमान चार्टड गरेको कुरा अहिले समाजिक संजलमा भाइरल बनेको छ ।
विस २०५२ सालमा मुम्बईको कमाठीपुरा कोठीबाट भारतको महाराष्ट्र सरकारले १२८ जना नेपाली किशोरीहरू उद्दार गरेको थियो । सो समयमा तत्कालिन नेपाल सरकारले स्वदेश फिर्ता ल्याउन अलमल गरेको थियो । उद्दार गरिएका नेपाली किशोरीहरूलाई सेल्टर होममा राखेको थियो । सरकारले ६ महिना पछि पनि सरकारले स्वदेश फिर्ता लग्ने कुनै चासो नदेखाएपछि समाजसेवी र महिला अधिकारवादी स्व विपुला कादरीको पहलमा सुनिल सेट्टीलाई भनेर विमान चार्टड गरी नेपाल फर्काइएको थियो । २९ वर्ष अगाडि उद्दार गरिएका १२८ जना मध्येकी चरीमाया तामाङले मन्थनमा कुराकारी गर्दै बलिवुड अभिनेता सुनिल सेट्टीलाई धन्यावाद दिनुभएको छ । बाँकी भिडियोमा …