राजनीतिलाई नशा हो भन्ने गजडिया बदल्नु छ – Drishya Kathaa

राजनीतिलाई नशा हो भन्ने गजडिया बदल्नु छ

राजनीति गलत हो भन्ने नजरिया बदल्नु छ । राजनीति नशा हो भन्दै हिड्ने गजडिया बदल्नु छ । दृष्य कथा टिमले के यो सम्भव छ त भन्ने प्रश्नमा भुपीले भनिन् ‘कोशिश गर्नेको हजुर हार हुँदैन’ । पछिल्लो समयमा पद्म कन्या बहुमुखी क्याम्पसमा स्वतन्त्रबाट स्ववियु सभापति निर्वाचित भएपछि भुपी ऐर(भुपेश्वरी) को चर्चामा छिन् । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट टिकट नपाएपछि भुपी स्वतन्त्र समूह बनाएर चुनावी मैदानमा उत्रिएकी थिइन् । संघीय राजधानी काठमाडौंको मुटुमा रहेको पीके क्याम्पसबाट उनको समूहले नै चुनाव जितेपछि अहिले भुपीको चर्चा चुलिएको हो।

भुपीसँग बैतडी पाटन नगरपालिका–२ सिलङ्गा, जलकुडाकी भुपीको वकिल बन्ने सपना थियो । किन भने उनी सानैदेखि तर्क वितर्कमा रूची राख्थीन् । भुपीकी हजुरआमाको उनलाई कालो कोट लगाएको देख्ने सपना थियो रे । तर अहिले हजुरआमा हुनुहुन्न । उनले हजुरआमाको सपना पुरा गर्न नसकेपनि जहाँ जे छु त्यसमा अव्वल भएर लाग्ने सोच बताएकी छिन् ।
बाँकी भिडियो..