बालबालिको जन्मदर विश्वबाटै घट्दै – Drishya Kathaa

बालबालिको जन्मदर विश्वबाटै घट्दै

बालबालिका जनसंख्या हवात्तै घट्दा मुलुकलाई भविष्यमा नराम्रो असर पुग्ने भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । विगत १० वर्षमा अर्थात ०६८ साल देखि २०७८ सालको अवधिमा १७ वर्षभन्दा कम उमेर भएका बालबालिकाको जनसंख्यामा १२ लाख १४ हजार ७२८ जनाले कमी आएको राष्ट्रिय तथ्यांक विभागले देखाएको छ ।
पछिल्लो २० वर्षमा बालबालिकाको जनसंख्या वृद्धिदर १२ प्रतिशतले यसरी घटेको छ ।
-०५८ मा कुल जनसंख्याको ४५.७ प्रतिशत बालबालिका थिए ।
-०६८ मा कुलजनसंख्यामा ४१.८ प्रतिशत बालबालिकाको जनसंख्या थियो ।
-०७८ मा आइपुग्दा ३३.८ प्रतिशत मात्रै छ ।
नेपालमा बालबालिकाको जनसंख्या घटेको हो कि महङ्गो शिक्षा, बढ्दो भ्रष्टाचार, सहजै काम केह िपनि नहुँने हरेक झण्जण्टबाट मुक्त हुनको लागि अवसरको खोजी गरीरहँदा शिक्षित वर्ग र शहरबजारमा बच्चा जन्मान्तरमा ग्याप भएको हो । एउटा अध्यनले अनुसार यो बच्चा नजन्माउने प्रवृति जेन जेड सहताव्दी अर्थात जेन जेड मिलेनियल्सबाट मिलेको हो । जसको असर सिंधै वर्थरेट अर्थात जन्मदरमा परेको हुन्छ ।
तपाइलाई थाहा छ हाम्रो गाँउघर तिर अहिले पनि १२ सन्तान जन्मएकै छन् । वंश धान्ने र आमाबुबा पाल्ने भन्दै छोराको आशैआशमा ९,१० छोरी जन्मिएकै छन् । बच्चा नजन्माउने वा एक छोरा मात्रै जन्माउने वा एक छोरा एक छोरी मात्रै जन्माउने प्रवृति शिक्षित वर्गमा चलेको छ । अझै शहर बजार र शिक्षित वर्गमा त बच्चा नजन्माउने वा लिभइन रिलेसन सिपमा बस्ने उपयुक्त अवसर हेरेर बच्चा जन्माउने प्रवृति बढेको छ । राष्ट्रिय तथ्याङ विभागको तथ्याङ केलाउने हो भने डेटाले नै यहि देखाउछ।बाँकी भिडियोमा…