मौषम पूर्वानुमान महाशाखा,जल तथा मौसम विज्ञान विभाग अर्लट रहन सुझाव – Drishya Kathaa

मौषम पूर्वानुमान महाशाखा,जल तथा मौसम विज्ञान विभाग अर्लट रहन सुझाव

photo: Kishor Shrestha

दुई दिन वर्षाकोे सम्भावना रहेकोले अर्लट रहन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरको छ । २०८१ साउन २२ गते र २३ गते बुधबारसम्म देशभर साधारणतया देखि पूर्णतया बदली रही अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विज्ञयप्तीमा मार्फत जनाएको हो ।
कोशी प्रदेश,बागमती प्रद्यशे,गण्डकी प्रदेश,लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही तथा कर्णाली प्रदेश र मधेश प्रदेशका थोरै स्थानहरुमा भारी देखि धेरै वर्षाको सम्भावना रहेको छ । साथै बागमती प्रदेशमा विशेष गरेर नदी आसपास क्षेत्रमा बसोवास गरेर बसेका सर्वसाधारण, गण्डकी प्रदेश,लुम्बिनी प्रदेश एक दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको छ । त्यसकारण मंगलबार र बुधबार सम्म भू–क्षय बाढी,पहिरो तथा गेग्रान बहाव को जोखिम रहेको र मनसुनमा रातीको समयमा पानी पर्ने सम्भावना बढि हुने गरेकोले शहरी तथा तराई क्षेत्रहरुमा डुबानको जोखिम रहेको,ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सकने,दैनिक जन–जीवन,कृषि,स्वास्थ्य,पर्यटन सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले सतर्कता तथा पूर्व तयारी अपनाउनु हुन सर्वसाधारण तथा सबै सरोकारवाल निकायहरुमा अनुरोध गरेको छ । बाँकी भिडियोमा…