नुवाकोट त्रिशुलीबाट काठमाण्डौ झरेका शमशेरलाई कहिले पनि फिल्मी दुनियाँमै रमाउछु जस्तो लागेको थिएन । उनी पढ्दा पढ्दै गाँउ छोडेर शहरमा पुगे । शहर पुगेपछि मेकअप आर्टिष्ट इन्द्र लामासँग संगत भयो । फिल्मी क्षेत्रमा मेकअप आर्टिष्ट र हेयर डिजाइनरका रुपमा जमेका इन्द्रलाई सघाउँदा सघाउँदै शमशेर पनि मेकअप एण्ड हेयरमा डिजाइनरमा प्रवेश गरे । पहिले सहयोगीका रुपमा काम गर्ने शमशेर अहिले मेकअप आर्टिष्ट एण्ड हेयर डिजाइनरका रुपमा एकल रुपमा कार्यरत छन् । शमशेरले चलचित्रका कलाकारहरुलाई चलचित्रको स्क्रिीप्ट अर्थात कथा अनुसार मेकप गर्ने गदर्छन् ।
एउटा चलचित्र हिट हुनुको पछाडी चलचित्रमा धेरै व्यक्तीको हात हुन्छ । कतिपय व्यक्ती चर्चाम आँउछन् तर कतिपय व्यक्तीको चर्चाको ‘च’ सम्म पनि पहुँच पुग्दैन । चलचित्र क्षेत्रमा २३ वर्ष देखि राज गरिरहेका पर्दा पछाडीका हिरो हुन् शमशेर लामा । त्यसैले शमशेरले यो वर्ष नेफ्टा अवार्डमा रोमियो एण्ड मुना चलचित्रबाट वेष्ट मेकअप एण्ड हेयर अवार्ड जितेका छन् । यिनीले आफुलाई चलचित्रको सेटमा रहँदा होस् वा बाहिर बस्दा कहिले पनि कलाकार बन्छु भनेर कल्पना गरेनन् । बरु कसरी आफ्नो पेशा प्रति प्रतिवद्य भएर लाग्न सक्छु भनेर सोचे । यिनका एक जना छोरा,छोरी, श्रीमती र आमा हुनुहुन्छ । शमशेर चलचित्र सुटिङको दौरानमा ड्युटीमा दत्तचित्त भएर लाग्छन् । उनी सुटिङ चलिरहेको बेला जहिले पनि कति बेला डाइरेक्टरको निर्देशन, कलाकारको हाउभावले उनलाई कति बेला खोज्छ । तयारी अवस्थामा हुन्छन् । यिनी भन्छन् पहिले कलाकारहरु क्यामेरा, डाइरेक्टर अर्थात सेटमै एकदमै नियममा बस्थ्ये । अहिले न कलाकारलाई डाइरेक्टरको सम्मान छ न त नियमको नै मतलव छ । बाँकी भिडियोमा…