अहिले काठमाण्डौका विभिन्न स्थानमा निःसन्तान दम्पत्तीको उपचारकालागि भनेर फर्टिलिटि सेन्टर खोलिएका छन् । केही अस्पतालमा पनि आइयूआई र आइभीएफ प्रविधीद्वारा उपचार राखिएको छ । धेरै जसो अभिभावकहरु धेरै पिडा र आशा लिएर यस्ता स्थानमा पुग्छन् । यसरी आशा र पीडा बोकेर अन्तिममा प्रविधी सफल भएन भनेर उल्टै दोष थुर्पादा कति पीडा हुन्छ ? यो त ति ठगिएका दम्पत्ती भन्दा अरु कसले भोगेको हुन्छ । यस्तै ठगिएका दम्पत्ती केहि समय अगाडी हामीले भेट्टाएका छौ तर समाजिक मानप्रतिष्ठा र घरमा थाहा पाउने भयले बोल्न मानेनन् । काठमाण्डौमा रहेको एक अस्पतालले कोभिड–१९ को अवधीमा सात जोडी दम्पत्तीलाई IVF विधिद्वारा फर्टिलिटि गराएर उपचार गरियो । अन्तिममा सात जनाकै उपचार असफल भयो । “डाक्टर भारतबाट बोलाइएका थिए । तर सात जनाकै प्रक्रिया असफल कसरी भयो ? एक जनाको त पोजेटिभ आउनु पर्ने हो भन्दा उल्टै तपाइहरुको कमजोरी हो भनेर पठाइ दियो” परिचय नखोल्ने सर्तमा उनले बताए । सम्बन्धित व्यक्तीको अवस्था हेरेर ५-६ दिन सम्म निषेचित गराएर भ्रूण पाठेघरमा राखिन्छ । हतारमा परिपक्व नहुँदै पाठेघरमा राखेकोले सातैवटै केस असफल भएको दम्पत्तीहरुको भनाइ छ । पैसा,समय र आशामा बादल लाग्यो । कसैले पनि आवाज उठाउन सकेनन् । यो एउटा हामीले भेटेको प्रतिनिधी घटना हो तर यस्ता धेरै घटना छन् । जुन प्रविधीलाई नबुझेर पनि ठगिने गरेका छन् ।
“ अहिले महिलाहरु आफ्नो करिअर र पढाइमा फोकस छन् । जसले गर्दा विवाहित भएर पनि बच्चा जन्माउने योजना बनाउन ढिलाइ भइरहेको हुन्छ । सकभर महिलाहरुले बच्चा समयमै जन्माउनु उपयुक्त हुन्छ ” डाक्टर स्वाती कुमारी पाण्डे सल्लाह दिन्छीन् । डा स्वातीले अमेरिकाको न्यूयोर्क शहरमा स्कुली शिक्षा सकिन् । त्यसपछि नेपाल आएर एमविविएस धुलीखेल र एमडी शिक्षण अस्पतालबाट गरेकी स्त्रीरोग तथा प्रजनन(फर्टिलिटि) विशेषयज्ञ डा. स्वाती कुमारी पाण्डेसँग दृष्य कथा टिमले IUI र IVF प्रविधीको सेरोफेरोमा रहेर कुराकानी गरेका छौ । हाल उनी नारायणचौउर, काठमाण्डौमा रहेको वात्सल्यमा कार्यरत छिन् ।
आम मानिस IUI र IVF मै भ्रममा छन् ? यसलाई कसरी चिर्न सकिन्छ ?
धेरै निःसन्तान दम्पत्तीकालागि IUI र IVF भनेको हो ? IUI र IVF प्रविधि कस्तो अवस्थामा प्रयोग गरिन्छ । सबैभन्दा पहिले यो बुझ्नु आवश्यक छ । गर्भधारणका लागि महिला पुरूष दुवैको भुमिका उत्तीकै हुन्छ । यदी पुरूषको शुक्रकीटको संख्याको मात्रामा कमी छ भने महिलाले गर्भ धारण गर्न सक्दीनन् । यस्तो अवस्थामा पुरुषबाट निकालिएको शुक्रकिटलाई राम्ररी तयार पारी गर्भनलीमा डिम्ब भएको बेला, क्याथेटरको मद्दतले शुक्रकिट महिलाको गर्भनलीमा हालिन्छ । जसलाई IUI भनिन्छ ।
IVF : महिलालाई औषधि दिएर धेरै डिम्ब उत्पादन गर्न लगाइन्छ । डिम्ब उत्पादन भएपछि त्यसलाई झिकिन्छ । पुरुषबाट पनि शुक्रकिट झिकिन्छ । महिलाको डिम्ब र पुरूषको शुक्रकिटलाई बाहिर निकालेर निषेचित गराइ भ्रुर्ण तयार पारिन्छ र त्यसलाई पाठेघरमा हालिन्छ ।
महिलाहरुको कस्तो अवस्थामा IVF गरिन्छ ?
IVF महिलाको दुइवटै गर्भनली बन्द भएमा, डिम्ब उत्पादनमा समस्या भएमा र डिम्बासयमा पर्याप्त डिम्ब नभएमा , महिलाको उमेर ३५ वर्षभन्दा माथि भएमा, लामो समय देखि तल्लो पेट दुख्ने र पाठेघरको बाहिर एकप्रकारको टिशु देखिएर( Endometriosis ) पीडित भएको देखिएमा, PCOS/थाइराइड जस्ता महिला सम्बन्धि अन्य जटिल समस्या देखिएमा IVF गरिन्छ ।
IUI र IVF मा सफलता कति छ ?
IUI गर्दा २० देखि २५ प्रतिशत सफल हुन्छ भने आइ.भि.एफ मा सफल दर ४० देखि ५० प्रतिशत छ । IUI मा जुम्ल्याहा, तिम्ल्याहा हुने सम्भावना बढी हुन्छ । यसलाई छुट्याउन समस्या हुन्छ । तर IVF मा हामीले जुम्ल्याहा भ्रूणमात्र राख्छौ । जसमा कसैको जुम्ल्याहा हुन्छ भने कसैको एउटामात्र जन्मीन्छ । आइ.यू.आई थोरै लागतमा गर्न सकिन्छ भने आइ.भि.एफ अवस्था हेरेर ३ देखि ४ लाख सम्म लाग्न सक्छ । अवस्था हेरेर एक पटक सफल भएन भने यसलाई ६ पटक सम्म प्रयास गर्न सकिन्छ ।
IVF मा सफलता दर धेरै छ । यस प्रविधीबाट बच्चा जन्मीएपछि यसलाई समाजिक प्रतिष्ठासँग पनि जोड्ने गर्छन् । यस्तो वात्सल्यमा कत्तिको आउने गर्दछन् ?
वात्सल्यमा नेपाली मात्र होइन विदेशी पनि आँउछन् । नेपाली मूलका एनआरएन समेत सस्तो प्रविधि भएका कारण नेपालमा आएर IVF गराँउछन् । यो विधि फरक भएपनि प्राकृति गर्भधारण नै हो । यसको बुझाइ फरक भएका कारण अmझै पनि नेपालमा यसलाई लज्जाको विषय वा इज्जतसँग तुलना गरिदै आएको छ । यो दम्पत्तीकै अण्डालाई निषेचित गराएर भ्रूण गर्भमा मात्रै राखिने हो । यो प्रविधी अप्नाउदा पीडा हुने हल्ला छ तर केहि पीडा भएपनि डाक्टरसँगको सल्लाह बमोजिम यसलाई सहज बनाउन सकिन्छ । यस्तो प्रविधीबाट जन्मने बच्चा तपाइको आफ्नै हुन्छ । के एपेन्डीक साइट भएमा हामी त्यसको उपचार गर्छौ कि चुप लागेर बस्छौ । समस्या भयो भने तपाइको गल्ती होइन । यसको उपचार गर्नुपर्छ । यहाँ आउने दम्पत्ती असहज मान्ने भएकोले पनि वात्सल्याले गोप्य राख्न चाहनेहरुकालागि यो प्रकृयालाई हामीले उनीहरुको मौलीक हक अनुसार नै गोप्य राख्ने गरेकाछौ ।
आजभोली धेरैजसो महिलाहरुमा गर्भधारण गर्न समस्या देखिरहेको छ किन हो ?
अहिलेका युवतीहरुको रहनसहन, खानपिन, कस्मेटिकले गर्दा पनि बच्चा कन्सीभ (गर्भधारण) गर्न धेरै जसो समस्या हुने गरेको छ । सन्तान जन्माउने योजना बनाएको दुई वर्ष भन्दा बढी भैसकेको छ तर पनि गर्भ बसेन भने मेडिकली परिक्षण गराउनुपर्छ । खासगरी महिलाहरुमा यदी पाठेघरको अवस्था राम्रो छ भने आइभिएफ गर्न सकिन्छ । यो एउटा प्राकृतिक प्रक्रिया हो तर विधि मात्रै फरक हो । यदी उमेर सानो छ वा ढिला सन्तान जन्माउन चहानुहुन्छ भने आफ्नो डिम्व परिपक्व हुँदै तपाइले आजभोली फर्टिलिटि फ्रिजिङ गर्न सक्नुहुन्छ । पछि आफ्नो इच्छा अनुसार स्थापित भइसकेपछि त्यही भ्रूणबाट सन्तान जन्माउन सकिन्छ । यस्तो अवस्थामा पाठेघर भने स्वस्थ्य हुनुपर्दछ ।