काठमाण्डौ । भनिन्छ ‘बन्ञ्चरोको मार अचानोलाई मात्र थाहा हुन्छ’ । यस्तै छ उनीहरुको अवस्था । बलत्कारको पीडा के हो ? उनीहरु बाहेक अरु कसैले व्यक्त गर्नसक्दैनन् । जव जव बलत्कारका डरलाग्दा घटना बाहिर आँउछन् । बलत्कार पछि हत्या हुन्छन् र सरकारमा आसिन व्यक्तीको जिम्मेवार विहिन भनाइ सुन्छन् । उनीहरु रुन्छन्। आक्रोशित हुन्छन् । अनि प्रतिप्रश्न गर्छन् “यिनीहरुको छोरीलाई पनि हामीलाई जस्तै बलत्कार भए के गर्थे है ?” । बलत्कारबाट पीडित भई आफ्नो घर आगन छोडेर शहरमा कोही आफन्तकोमा बसीरहेका छन् । कोही हस्टेलमा भने कोही काठमाण्डौ उपत्यकाका विभिन्न संस्थाहरुमा । दृष्य कथा टिमले बलत्कारबाट पीडित नौ जना बालिका र किशोरीहरुलाई भेट्ने जमर्को गरेको छ ।
सधैं बलत्कारका घटना बाहिर आँउदा माइतीघर मण्डलामा व्यानर सहित आन्दोलन चर्किन्छ । केही दिन पछि सूर्य अस्ताए झै फेरी आन्दोलन सेलाउछ । घटना घटेपछि सामाजिक संजालमा पनि बलत्कार सम्बन्धी बहस चल्छ । धेरैले बलत्कृत किशोरी, बालिकाहरुको डरलाग्दा तस्विर राख्छन् । समयसँगै बिर्सन्छन् ।
सुदूरपश्चिमकी एक किशोरी दुई वर्ष अघी सामुहिक बलत्कारमा परिन् । अहिले उनी १६ वर्षकी भइन् । बलत्कारीहरुले बलत्कार गरेर उनलाई मर्यो भनेर फ्याकेर गए । तर उनी बाँचिन् । त्यसपछि परिवारले इज्जत जाने डरले बाहिर घटना आँउन दिएनन् । किशोरी भन्छिन् ‘समाजले मलाई नै चरित्रहिन भनेर हेप्यो । मेरो बानीव्यवहोरा राम्रो थिएन भन्यो’ । बलत्कारीहरु अहिले पनि खुलेआम छाती फुलाएर हिडीरहेका छन् तर म काठमाण्डौमा आफन्त कहाँ लुकेर बस्नु परेको छ । कहिलेकाही लाग्छ । हामी जस्तो बलत्कृतहरुलाई हेप्ने समाजमा रहेका त्यस्ता व्यक्तीलाई पनि फाँसी दिए हुन्थ्यो ।
नाम परिवर्तन शिलु अहिले १० वर्षकी भइन् । सात वर्षको छँदा काठमाण्डौमासँगै डेरा गरी बस्ने व्यक्तीले सुतेको बेला उठाएर लगे र बलत्कार गरे । घटना बाहिर आउने डरले बेहोस भएकी बालिकालाई खाल्डोमा गाडे । हतारमा बालिकालाई खाल्डोमा राम्रोसँग गाड्न नसकेको कारण उनी बचिन् र प्रहरीले उद्धार गर्यो । त्यसपछि घटना बाहिर आयो । अहिले पनि त्यो घटना भन्दै गर्दा बालिकाको ओठ काप्छ र आँखा भरी आँशु भरिन्छ । उनी आँशु लुकाउन कोशिश गर्छिन् तर पानी हो खसीहाल्छ । हामीलाई जीवन भर पिडा हुन्छ । कसले सुन्छ ? के के भनेको सुन्छु ? तिनीहरुको छोरीलाई बलत्कार गरेको भए के भन्थ्ये होला है दिदी भनेर शिलुले उल्टै सोधिन् । उनको उमेर सानो भएपनि उनका गम्भीर प्रश्नले कहिलेकाही आफ्नै पेशाको विवशता देखेर दिक्क पनि लागीरहेको थियो । लाग्थ्यो पीडा माथी पीडा थप्यौ कि ?
शिलु जस्तै अर्की बालिका कक्षा ६ मा पढ्दैछिन् । उनको भविष्यमा वकिल बन्ने योजना छ । उनलाई हजुरबुबाले बलत्कार गरे । बालिका बुबा प्यारालाइसिसका बिरामी हुन् । अहिले उनका हजुरबुबा कहाँ छन् उनलाई पनि थाहाछैन । पीडितका परिवारले इज्जत जाने डरले यस्ता धेरै घटनाहरु अहिले पनि गुपचुप छन् । दिनप्रति दिन फरक फरक स्वरुपमा सोच्नै नसकिने स्वरुपका बलत्कारका घटना बाहिर आँउदै गर्दा नेपालका विभिन्न जिल्लाबाट बलत्कारमा परी काठमाण्डौमा बसीरहेका नौ जना बालिका,किशोरीहरुसँग बलत्कारका घटनाहरुको नालीबेली र पटक पटक सरकारमा आसिन व्यक्तीहरुको गैर जिम्मेवारी पूर्ण समाचारका बारेमा तर बलत्कृत किशोरी र बालिकाको कुरा सुन्दा छाङाबाट खसे झै भयौं । हामीले बलत्कार विरूद्धको अभियानमा क्रमवद्ध रुपमा प्रस्तुत गर्दैछौ । बाँकी भिडियोमा …