‘म छाउ हुँदा घरबाट निकालिए” – Drishya Kathaa

‘म छाउ हुँदा घरबाट निकालिए”

घटना नं १ – बाहिर केही हिँडिरहेको भान हुन्थ्यो । कुकुरहरु भुकिरहेका थिए । रातभरी मान्छेको हल्ला थियो । रातभरी उकुसमुकुस भयो । म न बाहिर जान सके, न भित्र बस्न सके । त्यो रात चितुवा आयो ।

यो घटना विस २०७५ साल फाल्गुन महिनाको हो ।

घटना नं १ – बाहिर केही हिँडिरहेको भान हुन्थ्यो । कुकुरहरु भुकिरहेका थिए । रातभरी मान्छेको हल्ला थियो । रातभरी उकुसमुकुस भयो । म न बाहिर जान सके, न भित्र बस्न सके । त्यो रात चितुवा आयो ।

घटना नं २ – म नछुने भएकी थिए । उसकी श्रीमती र श्रीमानले थाहा पाए । म माथी कराए । त्यो रात दुवै श्रीमान श्रीमतीले मलाइ घरबाट निकाले । छुट्टै झ्याल, ढोका नभएको छाउ घरमा सुत्न पठाए । जहाँ मैला र पुराना लुगा थिए…

म झसङ्ग भए । बिउँझदा त्यस्तो कठ्याङग्रिने चिसोमा पनि पसिना पसिना भएकी थिए । माटोले पोतेर चिटिक्क पारेमो होचो घर भित्रको ओछ्यानमा रहेछु । मेरो खुट्टा भित्तामा टाँसिएर राखेका भगवानका तस्विरहरु तिर तेर्सिएका थिए । सँगै दुइजना वृद्धवृद्धाका तस्विर थिए जसमा माला चढाईएको थियो । चारैतिर हेरे । ‘सपना पो देखेकी रहेछु कि ?” भनेर आफैसँग प्रश्न गरे । डर लाग्यो । धेरै बेरसम्म निदाउन सकिन । फाल्गुन महिनामा सुर्खेत जिल्लाको तरङ्गा गाविस (अहिलेको बराह गाँउपालिका) को हात्तीगौउडा गाँउमा पुग्नुपर्ने थियो । चन्द्रा बुढा, मध्यवर्ती गाँउकी अभियन्ता थिइन् । उनको बारेमा वृत्तचित्र बनाउनका लागि डव्यल्यू एपिसँगको सहकार्यमा त्यहाँ पुगेकी थिएँ । सोचे भन्दा, रोजे भन्दा फरक पात्र थिइन् उनी । फरक स्थानमा । मैले रोजेकी पात्रलाइ मैले कर्णाली पारी चिसापानी बजारमा भेट्ने कुरा भएको थियो । चन्द्रा मलाइ पर्खेर बसेकी रहिछन् । हामी भेट्ने दिनमा मुसलधारे पानी परिरहेको थियो । फोनद्वारा सम्पर्क गर्यौ । साँझ पाँच बजे बसबाट ओलिएपछि कर्णाली पुल छेउकै होटेलमा चन्द्रासँग भेट भयो । चालिस वर्षिया चन्द्रा गाँउघरमा समाजिक अभियन्ता हुन् उनी । उनको महत्वपुर्ण कार्य हो ‘वन्यजन्तुलाइ पनि बचाँउ र आफु पनि बाचौ’ । उनलाइ मैले जाँउ भने । चन्द्रा दिदीले मलाइ कर्णाली पुलबाट दाँया तिर ठिङ्ग उभिएको पहाडलाइ देखउदै भनिन् “उ त्यो पहाड भन्दा चारवटा पहाड पछि हाम्रो गाँउ आँउछ । बाटो चिप्लो हुन्छ । अहिले पानी परिरहेको छ । कहि बाघ, भालु ओत लाग्नका लागि बाटो तिर बसेको हुन्छ की । भोलि जाऊ ।“ उनले मलाई सजग गराएपछी म खङरङ्ग भए । चन्द्राले भनिन् “बहिनी नडराउनुस् । अहिलेसम्म मेरो बाघसँगै जम्का भेट भएको छैन । गाँउका मान्छेले धेरै पटक भालु र चितुवा देखेकोले तपाँइका लागि भोली जाँदा ठिक होला मात्रै भनेको हो ।“ यस्तो थाहा पाएपछि हामी कर्णाली छेउ नजिकैको होटलमा बस्यौ । अर्को दिन बिहानै आर्मी ब्यारेक छेउबाटै ठाडै उकालो लाग्यौ । बाटोमा भोक लाग्छ भनेर होटलबाट आलु पराठा किनेर लगेका थियौ । चन्द्रा र म रमाइलो गर्दै उकालो चढ्यौ । म खुरूखुरू माथी उक्लेको देख्दा उनी अचम्म पर्दै्थिइन् । “तपाइ कति चाडोँ हिडेको ! मैले तपाइलाइ छोप्न सकिरहेकी छैन ।“

मैले भने, “दिदि, जन्दिगीमा यस्ता उकाली ओरालो धेरै गरे । बाघ, भालु र चितुवा च्यालेन्ज गर्दै हिडेको पहिलो पटक हो ।“ हामी खित्का छोडेर हाँस्यौ । दुइवटा पहाड नाघिसकेपछि तेस्रो पहाडको टुप्पोमा पुग्दा बर्दिया राष्ट्रिय निकुञ्ज प्रष्टै देखियो सँगे बग्दै गरेको कर्णाली र चिसो हावाले हामीलाइ रोक्यो । हामी थाकी सकेका थियौं । आफ्नो समान बिसायौं र पसिना पुछ्यौ । भोक पनि लागेको थियो । दिनको १२ जेको थियो । रोटी निकाले र खान थाल्यौ । रोटी खाँदै गर्दा देखिएको निलो कर्णाली नदी आफ्नै सुरमा बगिरहेको थियो । त्यसको छातीमा बनाएको पाँच सय मिटर लामो पुलमाथी गुडीरहेका सवारी साधनहरु । छेउछाउमा आधुनिकताले छोएका भवन । जुम्ला र अछामका लागि बन्दै गरेको बाटो । कर्णाली नदीको छेउमा घुम्न आएका स्वदेशी पर्यटक किरा झै देखिएका थिए ।

अग्लो पहाडबाट सङ्गलो दृष्य, आलुको रोटी र चिसो हावा सम्झदा अहिले पनि मन तरङ्गित हुन्छ । बाटोमा हिँड्दै गर्दा सिनोको एकदमै नराम्रो गन्ध पनि आइरहेको थियो । सोधे । चन्द्राले भनिन, “यो बाघले गाइहरु खाएको हो । पश्चिम तिरबाट गाइ ल्याएर मध्यवर्र्ती क्षेत्रमा छोडिदियो । आजभोली झन् खतरा बढेको छ । कुनबेला बाघसँग जम्काभेट हुन्छ । थाहा छैन ।“ हामीले चाडोचाडो पाइला चाल्यौ । बाटोमा कहीँ कतै मात्र मान्छे भेटिन्थ्ये । पहाडको चुचुरोमा पुगेपछि चन्द्राले भनिन, “म अगाडी जान्छु । तपाइ मेरो पछाडी पछाडी आउनुस् है ।“  विस्तृत भिडियोमा पनि …..