किन देख्दैन सरकार ! कोरोना पुग्यो गाँउ गाँउमा – Drishya Kathaa

किन देख्दैन सरकार ! कोरोना पुग्यो गाँउ गाँउमा

सरकार कोरोनाको महामारी हाम्रो गाँउ गाँउ पुग्यो । न यहाँ सडक छ , न यहाँ पानी धारो छ , न यहाँ अस्पताल छ , न यहाँ क्वारेन्टाई छ । थाहा छ यो कुरा कहाँको हो सरकार ? सुदूर पश्चिम र कर्णालीका कुरा हुन् । हामीलाई कोरोना भाईरसले मार्छ मार्दैन थहा छैन सरकार तर हामी तिम्रो लापवाहीका कारण पक्कै मर्छौ जसरी बाँके नैनापुरका २५ वर्षिया युवा मरे ।

काठमाण्डौ । सरकार कोरोनाको महामारी हाम्रो गाँउ गाँउ पुग्यो । न यहाँ सडक छ , न यहाँ पानी धारो छ , न यहाँ अस्पताल छ , न यहाँ क्वारेन्टाई छ । थाहा छ यो कुरा कहाँको हो सरकार ? सुदूर पश्चिम र कर्णालीका कुरा हुन् । हामीलाई कोरोना भाईरसले मार्छ मार्दैन थहा छैन सरकार तर हामी तिम्रो लापवाहीका कारण पक्कै मर्छौ जसरी बाँके नैनापुरका २५ वर्षिया युवा मरे ।

कोरोनाको महामारीले हामी नेपालीको ज्यान लिदैन सरकार । नेपाली जनताको ज्यान तिमीले गरेको लापरवाहीले लिन्छ । थाहा छ सरकार । नेपाललाई आधाभन्दा बढी र्यामीट्यान्सले धानेको छ । करोडौ नेपाली जनता घर छैनन् पर छन् । पैसा हुनेले, पढेलेखेका पो त यूरोप , अमेरिका, अष्ट्रेलिया जान्छन् सरकार हाम्रो लागि त यूरोप ,अमेरिका, अष्ट्रेलिया भारत नै हो ।

जहिले कर्णाली दुख्दो, सुदूरको महाकाली सुसाउदो तर कहिले नै सुन्दो सरकार तिमी । विदेशमा अड्के नेपालीहरुको योजना बनाईरहदाँ कोरोना परिक्षण नगरी सिमापारीबाट धेरै युवा लुकेर घर आए सरकार । के गर्ने भारत बस्दा उता पिटाई खाए नेपाल आँउदा सिमामा रोकिए । कोरोना भाईरस विश्व भर फैलिरहँदा हामीले यस्तो गरयौ , उस्तो गरयौ भनेर खुब गफ चुट्यौ सरकार तर अहिले आएर थाहा पाए जव तिम्रै सामु तिन जना नेपाली मरे ।

अहिले तराईका भेगमा भारतबाट आफ्नो घर फर्किने नेपालीको जुन लर्को छ नि सरकार त्यसमा आधा भन्दा बढी ३० वर्ष भित्रका किशोर, युवा छन् । अहिले नेपालको कोरोना संक्रमीतहरुको उमेर समूह अरु देश भन्दा फरक छ सरकार । धेरै जसो ४० वर्ष भित्रका युवा छन् । कोरोना संक्रमीत भएर उपचार नपाएर मृत्यु भएमा हाम्रो युवा जनशक्ती बढी प्रभवित हुनेछ । यिनीहरु कालापहाड अर्थात भारत त्यसै पुगेका होइनन् सरकार । घरमा खान लाउन नपुगेपछि धेरै जसो बच्चा, किशोर र युवाहरु पढाई छोडेर भारतमा मजदुर गर्न गएका हुन् । स्वदेशमा उपचार गर्न नसकेपछि भारतमा उपचार गर्न पुगेका हुन् सरकार । यिनीहरु त आफ्नै देशमा ठगिएका छन् सरकार किन अर्काको देशमा ठगिदैन्न् । काठमाण्डौ भन्दा यिनीलाई भारतका अस्पताल सस्ता र सहज लाग्छ । यिनीले अहिले सम्म काठमाण्डौ देखेका छैनन्  तर भारतको एक एक शहरमा आफ्नो पसिना नबगाएको ठाँउ छैन। यिनीहरुले आफ्नै देशमा त सम्मान पाएनन् के अर्काको देशमा पाउथ्ये सरकार ।

भारतबाट अहिले स्वदेश फर्कर्ने धेरै जसो युवाहरुले कहिले मिठो बोली र राम्रो व्यवहार भोगेनन् सरकार । मासु र भात खान दशै पर्खनुपर्छ सरकार । कुकुरको त जीवन राम्रो हुन्छ । कहिलेकाही त कुकुर भन्दा पनि नराम्रो व्यवहार भोगेका छन् यिनीह्रुले । नेपाली हुुनु यिनीहरुको गल्ती होइन सरकार । तर नेपाली भएकै कारण यिनीहरुले १० वर्षे    जनयुद्धमा धेरैले घरपरिवार त्यागेर नजिकै भारत पस्नु पर्यो सरकार । त्यो बेला पनि कमता अपहेलना भोग्नु पर्यो र ? कसैले आमा भन्न पाएनन्, कसैले बुवा, न त परिवारमा माया नै पाए । तेरो देशमा यस्तो भनेर दैनिक सुन्नु पर्यो । भोग्नुपर्यो । अहिले यो भिडमा आफ्नो घर सम्म सम्झना नभएका युवाहरु छन् । जो आफ्नो घर फर्कदैछन् । जसलाई अव घरको आगन समेत थाहाछैन । मैले यती भनिरहँदा हावामा भनेको होइन सरकार आफ्नै अगाडी देखेका दृष्य र भोगेका पिडा हुन् । जव कसैले त नेपाली भनेर हेप्छ कस्तो हुन्छ । त्यो हेपाई खाएकोलाई मात्र थाहाहुन्छ सरकार । अचानोको पिडा बन्ञ्चरोलाई के थाहा भने झै केन्द्रमा बस्ने सरकारलाई के थाहा यि सुदूर र कर्णालीका पिडा । जो कहिले यि दूरदराजका गाँउमा पुगेको छैन । उसले बनाउछ यिनका योजना । जसलाई कुन जिल्ला कहाँ पर्छ थाहा छैन उसले पाँउछ यिनका विकासका ठेक्का । यिनीहरु कहिले जातियताको विभेदमा, कहिले राज्यको विभेदमा त कहिले पेट भर्नुको पिडाले थलिएर परिवारै भारत पसे सरकार । अहिले न भारतले बस्न दियो न नेपालले पस्न दियो । घर छोडेर जाँदा घरको दैलोमा पोको पारेर झुण्डाएको चामल, कागती सुकेर अहिले पनि उस्तै छ ।

यिनको पहुँच हुँदो हो त सरकार यिनी पनि जहाँजमा आउथ्ये । यिनी त कोही सात दिन, कोही ३ दिन लगाएर यहाँ आफ्नो घरको दैलोमा पुगे सरकार । कोरोनाले न गरिव हेर्छ न धनी तर अहिले यिनकै झुपडी हल्लाएको छ सरकार । रोग, भोग र सरकारसँग लड्नुपरेको छ ।

यदी समयमै हामीलाई व्यवस्थापन गरेको भए सरकार आज हामी पनि कोरोना भाईरसबाट संक्रमीत हुने थिएनौ । कति दिन बाटोमा सुत्यौ सरकार , कति दिन जङ्गगलमा अब घर पुग्दा कोरोनाले छोयो सरकार । कैलालीको गौरीफन्छाबाट र कंचनपुरको बनवासाबाट हजारौका संख्यामा देखिएका नेपालली त औपचारिक तथ्याङ मात्र हो सरकार लुकेर धेरै आफ्नो घर पुगीसके सरकार । त्यसकै परिणाम बिस्तारै देखिदैछ । विस्तृत भिडियोमा …