वैवाहिक जीवनमा प्रवेश गर्दै हुनुहुन्छ ? – Drishya Kathaa

वैवाहिक जीवनमा प्रवेश गर्दै हुनुहुन्छ ?

तपाई लक डाउनको अवधीमा विवाह बन्धनमा बाधिदै हुनुहुन्छ भने मनोविद् करुणा कुवंरका कुराहरु सुन्नुस् । करुणा कुवंरका कुराहरु धेरै नै व्यवहारिक हुन्छन् । मनोविद् करुणा कुवंर विवाह पूर्व र विवाह पश्चात हेर युवा,युवतीको जीवन फरक हुने बताउनु हुन्छ ।

काठमाण्डौ । तपाई लक डाउनको अवधीमा विवाह बन्धनमा बाधिदै हुनुहुन्छ भने मनोविद् करुणा कुवंरका कुराहरु सुन्नुस् । करुणा कुवंरका कुराहरु धेरै नै व्यवहारिक हुन्छन् । मनोविद् करुणा कुवंर विवाह पूर्व र विवाह पश्चात हेर युवा,युवतीको जीवन फरक हुने बताउनु हुन्छ । कसैले प्रेम विवाह गरेको छ भने विवाह पश्चात पनि उसको जीवन विवाह पूर्व जस्तो कहिले हुदैन । कहिले काही हामीले विवाह पूर्वको जस्तै जीवन खोजेर कतिपय प्रेम विवाह गरेका जोडीहरुको चाडै सम्बन्ध विच्छेद भएको पनि देखेका छौ । त्यसैले विवाह गरेर कुनै युवती वैवाहिक घरमा जान्छीन् भने त्यो नयाँ घरमा श्रीमान देखि सासु,ससुरा, नन्द जो छन् सबैले बुझ्नु पर्दछ । उनलाई नयाँ घरमा जाँदा व्यवहार मिलाउन समय लाग्ने मनोविद् करुणा कुवंर बताउनुहुन्छ ।

त्यसैगरी विवाह पश्चात श्रीमान ,श्रीमतीमा पनि शारिरक सम्पर्कका कुरामा फरक हुनसक्छ । कुनै पुरुषलाई दैनिक सम्भोग गर्नुपर्ने हुन्छ भने श्रीमतीमा त्यो नहुन पनि सक्छ । यस्तो बेलामा श्रीमानले श्रीमतीलाई बुझ्नु पर्दछ । किन भने श्रीमतीमा प्राकृतिक रुपले नै फरक हुन्छ । त्यसैले महिला र पुरुषमा यौन इच्छाको कुरा फरक हुन्छ भन्ने कुरा दुवैमा हुनु जरुरी रहेको करुणा बताउनुहुन्छ ।विस्तृत भिडियोमा …