काठमाण्डौ । नेपालमा पिपिइ लगाएर रक्षा नेपाल पुगिन भन्दा अचम्म नमानुस् । नम्रता “हाम्रो सानो प्रयास” अभियान अन्र्तगत रक्षा नेपालमा १५ दिनका लागि रासन, हरियो तरकारी लिएर पुगेकी हुन् । ७० जना किशोरी र दुधोलबालिका रहेको रक्षा नेपालमा नम्रता पुग्दा किशोरीहरु निकै रमाएका थिए । सधै पर्दामा देख्ने नायिकालाई प्रत्यक्ष देख्दा रक्षा नेपालमा आश्रित किशोरीहरु एकपटक त पिपिइमा छोपिएकी नम्रतालाई चिन्नै गारो समेत भएको थियो । नम्रतालाई प्रत्यक्ष देखेपनि कशोरीहरुले आफुलाई रोक्न सकेनन् र अटोग्राफ लिन उनी नजिकै गए । रक्षा नेपाल मानवअधिकारवादी संस्था हो । जसमा यौन हिंसामा परेका किशोरी र बालबालिकाहरुको क्षेत्रमा काम गर्दछ ।
विश्व कोरोना महामारीको चपेटामा परेको छ । जसमा हाम्रो नेपाल पनि अछुतो छैन । यस्तो बेला तपाईहामीले रोगसँग लड्नु त छदैछ तर धेरै जसो व्यक्तीले भोगसँग पनि लडीरहनु परेको छ । भोगस“ग समेत लडीरहेका र एक छाक जुटाउन पनि धौ धौ परेका व्यक्तीहरुका लागि यस्तो महामारीमा पनि सहयोगी हात लिएर अगाडी बढ्ने मध्ये एक हाम्रो सानो प्रयास अभियान नामक पनि एक हो ।
हाम्रो सानो प्रयास अभियानमा क्याप्टेन बिजय लामा , फिल्म निर्देशक मिन भाम, नम्रता श्रेष्ठ, पुकार बम ,दिपकराज सापकोटा, प्रज्वल दाहाल, घनश्याम खडका, उपेन्द्रजंग शाही, भिक्टर पौडेल, राजेशप्रसाद खत्री, दिपक हितान र सविन कर्माचार्य लगायतको समूह रहेको छ । यदी तपाई पनि हाम्रो सानो प्रयासलाई सानो सहयोग गर्न चहानुहुनछ भने निम्न व्यक्तीहरुलाई सम्पर्क गर्नसक्नुहुन्छ । तपाईहाम्रो सानो सहयोगले ठुलो जमातको पेट भरिनेछ । बाँकी भिडियोमा …