बिहीबार बिहानै १ हजार ९२ जना पुरूष र ४ सय १६ जना महिला पक्राउ – Drishya Kathaa

बिहीबार बिहानै १ हजार ९२ जना पुरूष र ४ सय १६ जना महिला पक्राउ

बिहीबार बिहानै १ हजार ९२ जना पुरूष र ४ सय १६ जना महिला पक्राउ परेका छन् । सरकारले कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि कार्यान्वय गरेको लकडाउन उल्लंघन गरेको आरोपमा बिहीबार एक हजार ५०८ जना कारबाहीमा परेका हुन् ।

काठमाण्डौ । बिहीबार बिहानै १ हजार ९२ जना पुरूष र ४ सय १६ जना महिला पक्राउ परेका छन् । सरकारले कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि कार्यान्वय गरेको लकडाउन उल्लंघन गरेको आरोपमा बिहीबार एक हजार ५०८ जना कारबाहीमा परेका हुन् । बिहान ८ बजेसम्मको अवधिमा अनावश्यक रुपमा सडकमा निस्किएका व्यक्तिलाई उपत्यकाको काठमाडौं, भक्तपुर र ललितपुरबाट कारबाही गरिएको हो । जसमा र १ हजार ९२ जना पुरुष र ४ सय १६ जना महिला पक्राउ परेको महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीले जनाएको छ । पक्राउ परेकाहरुलाई बिहान तीन घन्टासम्म सकडमै उभ्याइएको छ । उपत्यकाको विभिन्न क्षेत्रबाट १ सय १० वटा सवारीसाधन नियन्त्रणमा लिइएको छ । यसअघि लकडाउनको उल्लंघन बढेको भन्दै गृह मन्त्रालयले कार्यान्वयनमा कडाइ गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको थियो । । विस्तृत भिडियोमा…