कोरोना भाइरसको संक्रमणबाट यसरी बच्नुस् – Drishya Kathaa

कोरोना भाइरसको संक्रमणबाट यसरी बच्नुस्

कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएस“गै यसबारे विभिन्न भ्रम फैलिएको छ । यस सम्बन्धी कतिपय गलत सूचनाका कारण आममानिसमा त्रास सिर्जना गरेको छ । त्यसैले यस्ता डर, त्रास र भ्रम चिर्दै कारोना संक्रमणबाट बाच्न यस्ता सतर्कत अपनाउन जरुरी छः

काठमाण्डौ । कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएस“गै यसबारे विभिन्न भ्रम फैलिएको छ । यस सम्बन्धी कतिपय गलत सूचनाका कारण आममानिसमा त्रास सिर्जना गरेको छ । त्यसैले यस्ता डर, त्रास र भ्रम चिर्दै कारोना संक्रमणबाट बाच्न यस्ता सतर्कत अपनाउन जरुरी छः

के गर्ने ?
साबुनपानीले पटक–पटक हात धुने ।
बाहिरबाट आउ“दा, कुनै वस्तु छु“दा वा सम्पर्कमा रह“दा अनिवार्य हात धुनुपर्छ । साथै, स्यानेटाइजर प्रयोग गर्न पनि सकिन्छ ।
घरबाहिर निस्क“दा अनिवार्य रूपमा मास्क प्रयोग गर्नुपर्छ । कपडाको मास्कले भाइरसको संक्रमणाट बचाउन सक्दैन । त्यसैले सर्जिकल मास्क प्रयोग गर्न गर्नुपर्छ । कोरोना संक्रमितलाई भेट्न जा“दा, उपचार वा बिरामीको सम्पर्कमा रह“दा एन–९५ नामक मास्क अनिवार्य प्रयोग गर्नुपर्छ । साथै,अन्य कामले अस्पताल गएको अवस्थामा समेत मास्क अनिवार्य लगाउनपर्छ । व्यक्तिगत सरसफाईमा नियमित रुपमा ध्यान दिनुपर्दछ । सकेसम्म भिडभाडमा जानुहु“दैन । यो समयमा सभा, गोष्ठी जस्ता कार्यक्रम सकेसम्म स्थगित गर्नुपर्छ । खोक्दा वा हाछ्यु“ गर्दा मुख अनिवार्य छोप्नुपर्छ । अनावश्यक रूपमा आ“खा, नाक र मुख छुनुहुन्न । प्रयोग गरेको टिस्युलाई तुरुन्तै बन्द भा“डोमा राख्नु पर्दछ । अस्वस्थ भएमा, रूघाखोकी वा ज्वरो आएमा सकेसम्म छिटो चिकित्सकको सल्लाह लिन आवश्यक हुन्छ । विस्तृत भिडियोमा …