नेपाल एकीकरण भन्दा अघिको नक्सा चिनियाँसँग सुरक्षित छ (भिडियो सहित) – Drishya Kathaa

नेपाल एकीकरण भन्दा अघिको नक्सा चिनियाँसँग सुरक्षित छ (भिडियो सहित)

नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको कार्यकालमा २०१७ सालमा मुस्ताङमा एउटा घटना घट्यो । लालबहादुर नाम गरेका एक सुवेदार मुस्ताङ घुम्न जाँदा चिनियाँ सेनाले गोली हानी मार्यो ।
यो घटनाले राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय चासो पनि पायो। चिनियाँ सेनाको हर्कतबिरूद्ध बिपीले संसद भवनभित्रै कडा प्रतिवाद गरे। चीनले पछि आफ्नो गल्ती स्वीकार गर्यो र नेपाल सरकारसँग माफी माग्दै अनाहकमा ज्यान गुमाएका सुवेदार लालबहादुरको परिवारलाई १० हजार रूपैयाँ क्षतिपूर्ति स्वरुप दिने निर्णय गर्यो।
यो घटना अघिसम्म चीनले मुस्ताङलाई पनि आफ्नो भूभाग मान्थ्यो। तर, बिपी र तत्कालिन चिनियाँ प्रधानमन्त्री चाउ इनलाईबीचको सुझबुझका कारण विवाद अगाडि बढेन। दुबै नेता मुस्ताङमा नापी गर्न सहमत भए । बाँकी भिडियोमा…