गृहमन्त्रीका बारेमा प्रधानमन्त्रीको स्वकीय सचिवालयको प्रेस विज्ञप्ति – Drishya Kathaa

गृहमन्त्रीका बारेमा प्रधानमन्त्रीको स्वकीय सचिवालयको प्रेस विज्ञप्ति

गृहमन्त्रीलाई हटाउने बारेमा सामाजिक संजाल देखि विभिन्न मानिसहरूले फैलाइ रहेको हल्लाका बारेमा प्रधनमन्त्रीको स्वकीय सचिवालयले प्रेस विज्ञप्ति जारी गरेको छ।
विगत केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले दबाब दिइरहेको भनी विभिन्न सञ्चार माध्यममा आएका भ्रमपूर्ण विवरणहरुप्रति सम्माननीय प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण भएको जनाएको छ ।
विज्ञप्ति भनिएको छ कसैलाई कुनै मन्त्री बनाउने वा हटाउने विषय विशुद्ध सम्मानीय प्रधानमन्त्रीज्यूको अधिकारक्षेत्रको विषय हो। कसैको दबाब वा प्रभावमा यस्तो निर्णय हुन पनि सक्दैन।
जेनजी आन्दोलनबाट व्यक्त जनादेशअनुरूप यो सरकार गठन भएको, यो असामान्य परिस्थितिमा राष्ट्रको गहन जिम्मेवारी सम्हाल्न आउनुभएका गृहमन्त्री अर्याल आगामी निर्वाचन सम्पन्न गर्नका लागि वातावरण निर्माण गर्न, शान्ति सुरक्षा कायम राख्न र सुरक्षा संगठनहरूको मनोबल उच्च राख्न अहोरात्र खटिरहनुभएको सबैलाई विदितै रहेको छ।
यस संवेदनशील परिस्थितिमा यस्ता अफवाह नफैलाउन र नपत्याउन पनि सम्बन्धित सबै पक्षलाई अनुरोध गरेको छ ।