सरकारले तोकेको लामो दुरीका सार्वजनिक गाडीको भाडादर कहाँ कति बढ्यो ?(भिडियो सूची सहित) – Drishya Kathaa

सरकारले तोकेको लामो दुरीका सार्वजनिक गाडीको भाडादर कहाँ कति बढ्यो ?(भिडियो सूची सहित)

सरकारले देशभर बढेको सार्वजनिक गाडीको भाडादर सार्वजनिक गरेको छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धिका आधारमा सार्वजनिक गाडीको भाडा २० देखि २८ प्रतिशत सम्म भाडा बढेको छ । तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङको असार २७ गतेको मन्त्रीस्तरीय निर्णयबाट कायम गरिएको नयाँ भाडादर यातायात व्यवस्था विभागले शुक्रबार सार्वजनिक गरेको हो । यो भन्दा अघी लामो समय देखि बजार अध्ययन हुन नसकेकोले वैज्ञानिक भाडादर लागु हुन सकेको अवस्था थिएन ।

यातायात व्यवस्था विभागका अनुसार उक्त भाडादर दुई वा सोभन्दा बढी प्रदेशमा सञ्चालन हुने सार्वजनिक यातायातका सवारीमा लागू हुने जनाएको छ । पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २० प्रतिशत र तराइको बाटोमा सञ्चालन हुने मालवाहक सवारीसाधनको हकमा २६ प्रतिशतले भाडा वृद्धि गरिएको छ ।