एउटा डाक्टरको हँसिलो मुहार र मिजासिलो व्यवहारले उसको औषधी भन्दा धेरै प्रभाव गर्दछ । त्यसैले होला डाक्टरलाई धर्तीको भगवान पनि भन्ने गरिन्छ । जसरी फिल्मको स्क्रीप्ट राइटरले कथा लेख्दा पात्रमा भिजेन भने कथा राम्रो बन्दैन । डाइरेक्टरले राइटरले लेखेको स्क्रीप्टलाई कल्पना गर्न सकेन भने फिल्मलाई निर्देशन गर्न सक्दैन । यस्तै डाक्टर आकृतिको जीवनमा पनि लागू हुन्छ । उनी हरेक दम्पत्ती पात्रको भोगाइ र पीडालाई आफ्नै पीडा झै बुझ्छीन् ।
उनीहरुमा सबैभन्दा पहिले आशाको किरणलाई उजागर गराउदै आत्मवल बलियो बनाँउछिन् । अनि उनको उपचारको प्रक्रिया शुरु गर्छिन् । डाक्टर आकृति भारती आइभीएफ प्रविधिद्वारा जीवनमा नयाँ आकृति दिने इन–फर्टिलिटि र महिला तथा स्त्री रोग विशेषयज्ञ हुन् । उनले सन्तान नभएका दम्पत्तीकालागि मेडिकल सहयोगबाट सन्तान प्राप्तीकालागि उपचार गर्छिन् । उनी यस इन–फर्टिलिटि विशेषयज्ञको रुपमा काम गर्न थालेको तीन वर्ष भयो । यो समयावधीमा डाक्टर आकृतिले धेरै दम्पत्तीको जीवनमा आशाको दियो बालेकी छिन् । सन्तान नजन्मिएकै कारण कतिपय महिलाहरुले सौता व्यवहोर्नु परेको तपाइ हामीले गाँउसमाज देखिरहेका हुन्छौ । त्यसैले उनलाई भगवान मान्ने महिलाहरुको पनि कमी छैन । डा आकृति भन्छिन् “एउटा श्रीमती हुँदाहुँदै सन्तान भएन भनेर अर्को श्रीमती भित्र्याइनु जती पीडा महिलाकालागि के हुनसक्छ र ? उपचार गर्दैनन् तर विहे भने अर्को गरिहाल्छ हाम्रो समाजमा”।
इन–फर्टिलिटि अर्थात IVF प्राकृतिक विधीद्वारा बच्चा जन्माउने क्षेत्रमा आँउनुको कारण आकृति भारतीको आफ्नै कथा छ । आकृतिको हजुरआमाले निःसन्तान भएकै कारण सौता व्यवहोर्नु पर्यो । डा आकृतिसँग कुरा गर्दै गर्दा उनले विगत सम्झीइन् । वर्षौ देखि सन्तानकालागि छट्पटीएका दम्पत्तीहरु आशा लिएर आफु कहाँ उपचार गर्न आँउदा म हजुर–आमाको जस्तै छट्पटी देख्छु । पीडा बुझ्न सक्छु र भोलीको परिणाम पनि सम्झन्छु । डाक्टर आरती सानै देखि आफ्नो हजुरआमासँग धेरै नै नजिक थिएन् । हजुरआमाले आफ्ना मनका वहाव सबै उनलाई सुनाउथिन् । त्यसैले पनि होला निःसन्तान भएकै कारण जेठी हजुरआमाले सौता व्योहोरेको पीडा र असमानता कल्पना गर्दा पनि आकृतिलाई असहज महशुस हुन्छ । ‘कसरी व्यक्त गरु मेरी हजुरआमाका भावहरु भन्दै उनका आँखा रसाए ’। आकृतीका दुई जना हजुरआमा थिए ।
कान्छी हजुरआमा विवाह गरेर ल्याएपछि आकृतिका बुवा सहित तीन जना सन्तान जन्मिए । सायद त्यो बेला यो प्रविधी भएको भए मेरी हजुरआमाले दुःख पाउनु पर्थेन होला आकृति बताउछिन् । नाति,नातिनी जन्मीएपछि उनकी जेठी हजुरआमाले कहिले भेदभाव खेप्नु परेन । दुई वर्ष अघि आकृतिकी हजुरआमाको मृत्यु भयो । हजुरआमा जीवीत हुनञ्जेल आकृति आफ्नो काम सकेर आएपछि पर्खिएर बसेकी जेठी हजुरआमासँग निकै समय विताउथिन् । हजुरआमाको बितेको दुई वर्ष भएपनि अस्पतालमा सन्तान प्राप्तीकालागि दम्पत्ती आउँदा उनलाई आफ्नै हजुरआमाको पीडा आएको महशुस हुन्छ । आफ्नी हजुरआमाका नाममा नानी छोरी फाउण्डेसन खोलेर वर्षको दुई जना निःसन्तान दम्पत्तीको निःशुल्क उपचार गर्ने योजना बनाएकी छिन् । बाँकी भिडियोमा ….