सरकारको असार २५ गते देखि भाद्र ८ गते सम्मको सट डाउन नीति यस्तो – Drishya Kathaa

सरकारको असार २५ गते देखि भाद्र ८ गते सम्मको सट डाउन नीति यस्तो

अहिलेसम्म तपाईहामी लक डाउन सुन्दैआएका थियौं । अचानक असार २३ गते शुक्रबारबाट सट डाउन सुन्दा अचम्ममा पनि परेका छौ । अझ हेर्ने हो भने सामाजिक संजाल भरी के हो सट् डाउन भनेर पनि चर्चा भइरहेको छ ।

काठमाण्डौ ।  अहिलेसम्म तपाईहामी लक डाउन सुन्दैआएका थियौं । अचानक असार २३ गते शुक्रबारबाट सट डाउन सुन्दा अचम्ममा पनि परेका छौ । अझ हेर्ने हो भने सामाजिक संजाल भरी के हो सट् डाउन भनेर पनि चर्चा भइरहेको छ । तपाईलाई जानकारी नै होला कोभिड १९ को संक्रमण बढ्दै गएको वर्तमान अवस्थामा रोकथगाम र नियन्त्रणका लागि सबै सुरक्षा निकाय र सबै जिल्ला प्रशासन कार्यालयहरुमा विषेश निर्देशन दिएको छ ।

नेपाल सरकारको गृह मन्त्रालय असार २१ गते उउटा प्रेस विज्ञयप्ती जारी गर्यो भने काठमाण्डौ उपत्यकाका तिनैवटै जिल्लामा लागू हुने गरी असार २३ गते अर्को पनि विज्ञयप्ती पनि जारी गरिएको छ । जसलाई सट डाउन भनिएको हो । यसै गरी बुद्ध एयरलाईन्सले पनि भाद्र १ गते देखि आन्तरीक हवाईसेवा दिनेबारेमा विज्ञप्ती जारी गरेको छ । जसमा स्थान र मुल्य तोकेको छ । सबै भन्दा पहिले काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले जारी गरेको सट डाउनमा के के छ ।

  • काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको शुक्रबार बसेको बैठकले २५ गते (आइतबार) देखि भदौ ८ गते सम्म काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयका अत्यावश्यक बाहेकका अरु सेवा बन्द गरेको छ ।
  • सबै सेवा सञ्चालन गर्दा कार्यालयमा सेवाग्राहीको अत्यधिक भिड लागेकोले १५ दिनका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ .
  • जसमा भनिएको छ । प्रशासन कार्यालयबाट प्राप्त हुने नयाँ नेपाली नागरिकता र प्रतिलिपि नागरिकता वितरण, हातहतियार दर्ता तथा नवीकरण, संघसंस्था दर्ता र पत्रपत्रिका दर्ताका साथै नवीकरण, निजी सुरक्षा कम्पनी दर्ता नवीकरण, राहदानी वितरण र नाबालिग परिचयपत्र वितरण सेवा बन्द हुनेछन् ।
  • यस्तै, शान्ति सुरक्षा सम्बन्धी सेवा, ठाडो निवेदन र उजुरी सम्बन्धी, मुद्दा सम्बन्धी कार्य, अत्यावश्यक कामको लागि सवारी पास सम्बन्धी कार्य र विपद् व्यवस्थापन सम्बन्धी कार्य भने सञ्चालन गर्ने निर्णय भएको छ ।
  • शुक्रबार नै बसेको प्रमुख जिल्ला अधिकारीहरुको बैठकले काठमाडौं उपत्यकामा कोरोना धेरै देखिएका ठाउँमा सिल गर्ने निर्णय गरिएको छ ।

 यसै गरी गृहमन्त्रालले असार  २१  गते एउटा प्रेस विज्ञयप्ती जारी गरेको छ । जसमा भनिएको छ ।

  • जनस्वास्थ्यको मापदण्ड मिच्ने र मास्क नलगाउनेलाई कारवाही गर्ने ।
  • काठमाण्डौ उपत्यका प्रवेश गर्ने अत्यावश्यक ढुवानी बाहेकका अन्या सबै यात्रुबाहक सवारी साधनहरुलाई बेलुका ७ बजेदेखि बिहान ७ बजेसम्म आवागमनमा निषेध गरिएको नियमलाई कडाइका साथ लागू गर्ने ।
  • काठमाण्र्डौ उपत्यका र कोभिड १९ को २०० भन्द्या बढी सक्रिय संक्रमण केश भएका जिल्लाहरुम अत्यावश्यक सेवा बाहेकका सार्वजनिक तथा निजी सवारी साधनहरुमा असार २२ गते देखि लागू हुने गरी जोर बिजोर नम्बरका आधारमा मात्र संचालन गर्नपाउने । यस्तो वर्गमा पर्ने जिल्लाका शहरी इलाकामा बेलुका ९ बजे देखि बिहान ५ बजेसम्म आवागमन बन्द गर्ने ।
  • संक्रमणको जोखिम विश्लेषण गरी जोखिम बढेको क्षेत्र÷स्थानलाई जिल्ला कोभिड संक्ट व्यवस्थापन केन्द्र (म्ऋऋःऋ) ले निर्णय गरी तुरुन्त बन्द गर्ने,कोभिड १९ को थप परीक्षणको व्यवस्था मिलाउने ।
  • नेपाल सरकारको निर्णय बमोजिम आगमन अनुमति पाएका व्यक्ति बाहेक अन्र्तराष्ट्रिय सीमा नाकामा हुने आवतजावतलाई कडाईका साथ निषेध गर्ने
  • होटल ,रेष्टुरेन्टमा हुने सामूहिक भोज, पार्टी,सेमिनार वा अन्य सामूहिक भेला जस्ता कार्य निषेध गनेए भनी गृह मन्त्रालयका प्रपक्ता चक्र बहादुर बुढा हस्ताक्षरित प्रेस विज्ञयप्ती असार २१ गते जारी गरिएको हो ।

नेपालको बुद्धले भदौ १ गतेदेखि हवाईसेवा दिनेबारेमा विज्ञप्ती निकाल्दै भनेको छ । हाल आन्तरिक वायु सेवालाई बन्द गरिएको अवस्थामा सर्वसाधारण नेपालीहरु यात्राका लागि तरकारी भ्यान, एम्बुलेन्स, ट्रक, बसमा कोचिएर मात्रै हैन, दशौं हजार रुपियाँ खर्च गर्न बाध्य छन् । घण्टाभरमै यात्रा गर्न सक्नेमा केही दिन लगाएर यात्रा गरिरहेका छन् । यस्ता यात्रुहरुलाई राज्यले यात्रा गर्नबाट रोक्नु भनेको मौलिक अधिकारको हनन गर्नु हो । तसर्थ यात्रालाई सहज बनाउँदै, कोभिड–१९ को चेकजाँचको दायरा फराकिलो बनाउनु राज्यको दायित्व हो । यस विषम् परिस्थितिमा हरेक नेपालीले सजिलै र सस्तो हवाई यात्रा गर्ने उद्देश्यले हामी भदौ १ देखि हुने हवाई उडानका लागि भाडादर पनि न्यून तोकेका छौं ।भन्दै विज्ञयप्तीमा उल्लेख गरिएको छ ।

योसँगै हवाई यात्रामा हरेक यात्रुलाई पहिचान गर्न बृद्धले एकद्वार प्रर्णाली अप्नाएको र कम्प्युटर सिस्टममा अपडेट गरिएको उल्लेख गरिएको छ । जसमा महामारी रोकथाको लागि गर्नुपर्ने परीक्षण, पहिचान र कन्ट्रयाक ट्रेसिङ्ग कम्प्यूटर सिस्टमबाट केही क्षणमै राज्यलाई उपलव्ध गराउने बुद्ध एयरलाइृन्सले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ। नेपालमा परिक्षणको संख्या बढ्दै गर्दा कोरोना संक्रमीतहरुको संख्या पनि दिनप्रतिदिन बढ्दै गईरहेको छ । कोरोनाबाट संक्रमीत भएर मृत्यु हुनेको संख्या सयको हाराहारीमा पुग्न थालीसकेको छ । तपाई हाम्रो लापरवाहीले गर्दा अवस्था भयाभयको नजिक पुगीसकेको छ । आवश्यक परे मात्रै घरबाट बाहिर निस्कौ । घरबाट निस्कनु अघि राम्रोसँग मास्क लगाएर सेनिटाइजर पनिसँगै बोकौं । आफु पनि बचौं । अरुलाई पनि बचाऔं।

बाँकी अंश भिडियोमा ….