सडकमा आएर भने “सरकार आफैः दरिद्र होइ । आफैलाई खान पुग्दैन” – Drishya Kathaa

सडकमा आएर भने “सरकार आफैः दरिद्र होइ । आफैलाई खान पुग्दैन”

पशुपति क्षेत्रमा जाने हो भने अहिले हुलका हुल बसिरहेका हुन्छन् । लक डाउन खुकुलो भएपछि काठमाण्डौ शहर मात्रै होइन मन्दिर परिसरमा पनि चहलपहल बढेको छ । करिव तिन महिना देखि भित्र घरमा बसीरहेका सर्व साधारण अत्यास मेटाउन बाहिर निस्केका छन् भने केही भोकको महामारीसँग लड्न बाध्यताले निस्केका छन् ।

काठमाण्डौ । पशुपति क्षेत्रमा जाने हो भने अहिले हुलका हुल बसिरहेका हुन्छन् । लक डाउन खुकुलो भएपछि काठमाण्डौ शहर मात्रै होइन मन्दिर परिसरमा पनि चहलपहल बढेको छ । करिव तिन महिना देखि भित्र घरमा बसीरहेका सर्व साधारण अत्यास मेटाउन बाहिर निस्केका छन् भने केही भोकको महामारीसँग लड्न बाध्यताले निस्केका छन् । हिड्दै गर्दा महिलाहरुको एउटा हुलसँग भेट भयो । यिनीहरुको आफ्नै आक्रोश थियो । आफ्नै पिडा थिए । पशुपति क्षेत्रमा बस्ने सिताले भनिन् १० वर्ष भयो काठमाण्डौ आएको । दुई छोरा छन् । केही वर्ष अघि श्रीमान बित्यो । अब अहिले कोरोना आयो कसरी पाल्नु बच्चा दिदी ?  सुनिताको श्रीमानको पनि तिन वर्ष सर्पले टोकेर मृत्यु भयो । त्यसपछि ४ जना छोराछोरीको लालनपालन यिनकै काँधमा आएको । अर्काको घरमा काम गरेर दुई छाक टारिरहेकी थिइन् । आजभोली यिनको दिनचर्या फेरिएको छ ।  विस्तृत भिडियोमा…

 

 

विस्तृत भिडियोमा…