असार र साउन महिनामा अझै संक्रमीत बढ्ने । मृत्युदर बढ्नसक्छ – Drishya Kathaa

असार र साउन महिनामा अझै संक्रमीत बढ्ने । मृत्युदर बढ्नसक्छ

नेपालमा कोरोना संक्रमणबाट ९ दिने सुत्केरी महिलाको मृत्यु भएपछि अब भने सबैमा भया सिर्जना भएको छ । नेपालमा असार र साउन महिनामा कोारेना संक्रमण धेरै बढ्नेछ । अहिले हामी सयौंको संखयामा आत्तिएका छौ भने अब हजारौंको संख्यामा संक्रमीतहरु बढ्नेछ । यो मेरो विश्लेषण होइन ।

काठमाण्डौ । नेपालमा कोरोना संक्रमणबाट ९ दिने सुत्केरी महिलाको मृत्यु भएपछि अब भने सबैमा भया सिर्जना भएको छ । नेपालमा असार र साउन महिनामा कोारेना संक्रमण धेरै बढ्नेछ । अहिले हामी सयौंको संखयामा आत्तिएका छौ भने अब हजारौंको संख्यामा संक्रमीतहरु बढ्नेछ । यो मेरो विश्लेषण होइन । यो विश्लेषण जनस्वास्थ्य विज्ञ रविन्द्र पाण्डेको हो । विज्ञ पाण्डेले अहिले सम्म दिएका धेरै यस्ता जानकारीहरु नेपालमा मिल्दै गएको पनि छ ।

जनस्वास्थ्य विज्ञ रविन्द्र पाण्डेले दिनुभएको जानकारी विस्तृत रुपमा  देखाउदैछौ । यो दुई तिन महिनाको अबधिमा हजारौं जनालाई संक्रमण हुनेछ । ती मध्ये ८५ प्रतिशत नेपालीलाई सामान्य लक्षण देखिएर आफै निको हुनेछ । बाँकी १५ प्रतिशत मध्ये आधालाई अस्पतालको सामान्य उपचारले निको हुनेछ । बाँकी रहेका ७ देखि ८ प्रतिशतलाइ आइसीयु र भेन्टिलेटर आबश्यक पर्नेछ । त्यसको आधाभन्दा कम अर्थात ३ प्रतिशतको मृत्यु हुनसक्ने जनस्वास्थ्य विज्ञ रविन्द्र पाण्डेले जानकारी दिनुभएको छ । पाण्डेले टेलिभिजन, आफ्नो स्टाटस मार्फत पटक पटक सजग गराँउदै आएका छन् । पाण्डेले अगाडी भन्नुभएको छ । मृत्यु हुनेमा उच्च जोखिम बर्ग जस्तै ः जेष्ठ नागरिक, दीर्घ मुटुरोगी, फोक्सो र मृगौलाका बिरामी, क्यान्सरका तेस्रो तथा चौंथो स्टेजका बिरामी, अंग प्रत्यारोपण गरेका बिरामी, गर्भवती तथा सुत्केरी र इम्युनिटी सप्रेस भएका बिरामी हुनेछन् । अनुसन्धान गर्दा अहिलेसम्म नेपालमा सक्रिय उमेरका व्यक्तिमा संक्रमण धेरै देखिएको छ । संक्रमण कम भएकोले भाइरसको लोड थोरै छ । तर संक्रमण बढ्दै जाँदा जोखिम बर्गका संक्रमितलाई आइसीयु र भेन्टिलेटर आबश्यक हुनेछ । करिब २ देखि ३.५ प्रतिशतको मृत्यु हुन सक्नेछ । विज्ञ पाण्डेले अवको पहल यस्तो हुनुपर्ने समेत सुझाव दिनुभएको छ ।
जसका लागि सिमाना १०० प्रतिशत शिल गर्ने, संक्रमित क्षेत्र शिल गर्ने, आवतजावत बन्द गर्ने, सुरक्षाका सम्पूर्ण उपाय अबल्मबन गर्ने, डर र त्रास नमान्ने एवं आफ्नो इम्युनिटी पावर बढाउने गर्दा यो रोगसँग लड्न सकिन्छ । यसको लागि हामी मानसिक तथा भौतिक रुपमा तयार हुनुपर्दछ । आईसियू, भेन्टीलेटरको क्षमता बढाउनुपर्नेछ । भ्रम र हल्लाको भरमा त्रस्त हुनु हुँदैन । आधिकारिक सूचना लिने र विज्ञका सल्लाह अनुशरण गर्नु उपयुक्त हुन्छ ।  जीवनमा कतिपय पटक कल्पना समेत नगरेको समस्या आईपर्छन् । अहिले कल्पना नगरेकै समस्या तपाईहामी सबैले जुध्नु परेको छ । यो बिचमा धर्यता र सजकता भने अवश्य चाहिन्छ । त्यसैले एउटा कुरा हामीले आत्मसात गर्नुपर्छ कि कोरोना संक्रमण समुदायमा हल्का रुपमा फैलिएको छ । त्यसैले फाट्टफुट्ट रुपमा धेरै जिल्लामा देखिएको छ । नेपालमा सक्रिय उमेरका व्यक्ति तथा बालबालिकामा संक्रमण देखिएको हुँदा घर बाहिर नजाने, अत्यावश्यक काम परे मास्क, चस्मा तथा पंजा लगाएर जाने, सामाजिक दुरी कायम गर्ने, भीडभाडमा नजाने, सरसफाईमा ध्यान दिने गर्नु आबश्यक छ ।  यसपछि अर्को भागमा विज्ञ पाण्डेले दिएको जानकारी अनुसार इम्यूनिटी पावर कसरी बढाउने भन्ने बारेमा चर्चा गर्नेछौ । जीवन रह्यो भने कमाउन सकिन्छ । जीवन नै नरहे कमाएको के अर्थ रह्यो र ? त्यसैले घरमै बसौं, सुरक्षित बनौं । विस्तृत भिडियोमा …