लघु चलचित्र “छोरा “ – Drishya Kathaa

लघु चलचित्र “छोरा “

छोरा’ लघु चलचित्रले अन्र्तराष्ट्रिय डायस्पोरामा नेपाली मूलको कथा भनेको छ । सन् २०१४ मा फ्रान्स र नेपालमा छायाँकंन गरिएको यस चलचित्रमा दोहोरो समाजिक र साँस्कृतिक परिवेशमा हुर्केका एक दम्पती एक छोरा प्रति उव्जेको द्वन्द्व देखाइएको छ ।

https://www.youtube.com/watch?v=FM3b8Mej8sQ

काठमाण्डौ । छोरा’ लघु चलचित्रले अन्र्तराष्ट्रिय डायस्पोरामा नेपाली मूलको कथा भनेको छ । सन् २०१४ मा फ्रान्स र नेपालमा छायाँकंन गरिएको यस चलचित्रमा दोहोरो समाजिक र साँस्कृतिक परिवेशमा हुर्केका एक दम्पती एक छोरा प्रति उव्जेको द्वन्द्व देखाइएको छ । यो चलचित्र विभिन्न राष्ट्रिय, अन्र्तराष्ट्रिय चलचित्र महोत्सवमा सहभागिता जनाउँदै पुरुस्कृत पनि भएको थियो । यसका लेखक तथा निर्देशक सुर्वण थापा हुन् । ‘सुनगाभा’ निर्देशक सुर्वण थापाले बनाएको एक चर्चित चलचित्र हो । जसले नेपालमा पहिलो पटक सिनेमामा होमोसेक्सुयालीटी माथीको कथा भनेको थियो । जसलाई ओस्कारमा नेपालबाट मनोनयनमा छानिएको थियो ।
कथा सार

छोरा, म जेल चलान हुँदा तिमी करिव तीन वर्षको थियौं । त्यत्ती बेलादेखि नै मैले तिमीलाई जेलबाटै हुर्कदै गरेको देखिरहेको छु । तिमीले हजूरबुबाको अन्त्येष्टिमा गएर एउटा छोराले गर्नुपर्ने कर्म गरेका छौ । एउटा बुबाले आफ्ना सन्ततीलाई देखाउने जीवनको मार्ग दर्शन त्यो अझै पनि म तिमीलाई दिन सक्छु । म चाहान्छु यि मेरा आत्मवृतान्तहरु कुनै दिन तिमी आफैले पढ्न सक ।
तिम्रो बुबा…

विस्तृत भिडियोमा