मातातिर्थ औंसी : मर्नको लागि त धेरै बाटोहरु छन् तर जन्मनको लागि एउटा मात्रै बाटो आमा – Drishya Kathaa

मातातिर्थ औंसी : मर्नको लागि त धेरै बाटोहरु छन् तर जन्मनको लागि एउटा मात्रै बाटो आमा

आमालाई त सधै मायागर्नु हुन्छ होला, आमालाई बुझ्नु हुन्छ होला । आमालाई दुःख दिनुहुन्न होला । व्यस्त पनि हुनुहुन्छ होला । कोरोनाको महामारीले गर्दा कसैले त आमालाई भेट्न पनि जान पाउनु भएन होला । कोही काम विशेषले आमाबाट टाढा हुनुहुन्छ होला ।

काठमाण्डौ । आमालाई त सधै मायागर्नु हुन्छ होला, आमालाई बुझ्नु हुन्छ होला । आमालाई दुःख दिनुहुन्न होला । व्यस्त पनि हुनुहुन्छ होला । कोरोनाको महामारीले गर्दा कसैले त आमालाई भेट्न पनि जान पाउनु भएन होला । कोही काम विशेषले आमाबाट टाढा हुनुहुन्छ होला । तपाई जहाँ , जुन ठाँउमा भएपनि तपाइ खुशी भए आमा आफै खुशी हन्छिन् । आमाको मुख हेर्ने दिन आज कतिपय व्यक्तीहरुले डिजिटल प्रविधी प्रयोग गर्दै भिडियो कल गर्नुभयो होला । कतिपय व्यक्तीले आफुले सक्ने स्थानमा भेट्न जानुभयो होला । आमा नहुनेले आमाको तस्विर हेरेर, आफ्नो आमाको नाममा दान गरेर सम्झनु भयो होला । कतिपयले कर्म दिने आमाको मुख हेर्नुभयो होला ।

आमा…. यो धर्तीमा आउने एउटै मात्र बाटो । मान्छे होस् वा जीवजन्तुका लागि, यो सृष्टिमा आउन आमाको गर्भ नै चाहिन्छ । यो ब्रमाण्डमा मान्छे देखि जिवजन्तुका लागि आमा आफैमा प्यारो शव्द हो । हामीले पो आफ्नो भाव व्यक्त गर्न सक्छौ तर जनावरले भाव व्यक्त गर्न सक्दैनन् । त्यसैले त आमालाई सृष्टि भनिएको हो । आमालाई धर्ती पनि भनिन्छ । गर्भमा ९ महिना राख्दै ,आफ्नो पिडा लुकाएर आमाले सन्तानलाई जन्म दिन्छीन् । प्रकृतिको खेल पनि अचम्मको छ । हामी जन्मदै आमाको गर्भबाट नाभी जोडेर जन्मछौ । त्यसैले त हाम्रो सानो पिडा पनि आमाले सहजै पढ्न र बुझ्न सक्छीन् । हाम्रो आत्मासँग जोडिएकी हुन्छीन् आमा । आफ्नो जीवनका कैयौं रहर, आवश्यकता र उदेश्यलाई थाती राखेर सन्तानको मुहारमा खुशी ल्याउन लागि पर्छिन् आमा ।

आफु पढेलेखेको नभएपनि जीवनको हिसाव किताव र जीवनको परिक्षामा जहिले उतिर्ण हुन सिकाउछिन् आमा । आमा छिन् त घर छ । आमा छैन भने सबै विरानो । पिडा जती भएपनि आमाको स्पर्शले शितल हुन्छ । यो संसारमा धेरै महान व्यक्तीहरुले आमाका लागि बहुमुल्य भनाई छाडेर गएका छन् । तर आमाका लागि ठुलो सानो कहिले हुँदैन । आमाका लागि सबै सन्तान समान हुन्छन् । त्यसैले क्यानेडेली उपन्यासकार तथा बेलायती राजनीतिज्ञ गिल्बर्ट पार्करले भनेका छन् “जव एउटा बच्चा जन्मिन्छ, त्यो बच्चाको जन्म सँगै आमाले पनि पुनर्जन्म लिन्छिन्”। दर्शकवृन्द, मान्छेबाट मान्छे जन्मनु सोच्दा अचम्म लाग्छ । यो प्रकृतिको नियम हो । त्यसैले त कहिलेकाही आमाको माया प्रकृतिको नियम भन्दा पनि बलियो बनिदिन्छ । दर्शकवृन्द तपाई हाम्रालागि भगवान,अल्लाह, प्रभु जे भनेपनि सबै तिर हुनसक्दैनन् , त्यसैले आमा नै भगवान हुन् । बाँकी भिडियोमा …